‘फूलैफूलको मौमस तिमीलाई’ बन्ने

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०७१, शुक्रबार

काठमाडौ भदौं ६ ।  दिनेश डीसीले ‘फूलैफूलको मौसम तिमीलाई’ नामक फिल्म बनाउने भएका छन् । गायिका तारादेवीको चर्चित गीत ‘फूलैफूलको मौसम तिमीलाई’बाट नामाकरण गरिएको फिल्मको यही हप्ता सुटिङ थालिने बताएका छन् । यस गीतका गीतकार रत्नशमशेर थापासँग फिल्मको नामाकरणका लागि अनुमति लिइएको डीसीले बताए ।
फिल्ममा अभिनेत्री नीता ढुंगाना र अभिनेता सीताराम कट्टेलले अभिनय गर्ने भएका छन् । बाँकी कलाकार छनोटको चरणमा रहेको बताइएको छ । डीसीले मुख्य भूमिकामा नयाँ अभिनेतालाई डेब्यू गराउने जनाएका छन् ।
फिल्मका गीत रेकर्डिङ थालिसकिएको छ । सुरेश अधिकारीको संगीत रहेको तीनटा गीतमा राजेश पायल राई, बानिका प्रधान, सुरेश अधिकारी र निर्देशक डीसीले स्वर भर्नेछन् । ‘मायाज बार’ र ‘६ एकान ६’ पछि डीसीले तेस्रो फिल्मको निर्माण पनि आफँैले गर्न लागेका हुन् । उनको कथामा जगदीश्वर थापाले पटकथा लेखेका छन् । फिल्ममा छायांकन पुरुषोत्तम प्रधान र द्वन्द्व एनबी महर्जनको रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु