फूलैफूलको मौसम तिमीलाई को ट्रेलर रिलीज

म्यूजिक खबर
प्रकाशित: १४ माघ २०७२, बिहीबार

नेपाली रजतक्षेत्रको चर्चित, लोकप्रिय अनि सफल नाम हो दिनेश डिसी । उनी कलाकारिताका प्राय सम्पूर्ण विधाहरु–उद्घोषण, गायन, निर्देशन अनि अभिनयमा पोख्त मानिएका छन् । आवाजको दुनियाँको साथीको परिचयबाट चिनीएका डिसी यतिबेला सर्वाधिक चर्चामा छन् । बुहप्रतिक्षीत चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई -FFMT ’ को रिलीज डेट नजिकींदै गर्दा उनी र उनको चलचित्र चर्चाको विषय बन्न पुगेको छ । यस अघि नै चलचित्रहरु ‘मायाज वार’, ‘छ एकान छ’ लगाएतका चलचित्रहरुको निर्देशन गरेर सफल निर्देशकको ट्याग भिरेका डिसीको होम प्रोडक्सनको यो चलचित्र पहिलो हो ।
फागुन २१ मा रिलीज हुने उक्त चलचित्रको ट्रेलरको रिलीज गरिएको छ । ट्रेलरमा निता ढुङ्गाना, आमेश भन्डारी र क्याप्टेन विजय लामालाई देख्न सकिन्छ भने निता ढुङ्गगाना लाई दोहोरो भुमिकामा देख्न सकिन्छ । चुम्वनको दृश्य सहित विविध मनमोहक दृश्य देखाईएको ट्रेलरले युवा पुस्ता लाई समेत हलसम्म आकर्षीत गर्ने देखिन्छ । सुपर न्याचुरल पावर भएकोले हेर्ने दर्शक छुट्टै संसारमा डुव्ने निर्देशक डिसीले वताए । चलचित्रको सम्पूर्ण फाईदा र फाईदा नभएपनि सिड मनि ७लाख ५० हजार धादिङ्ग मा झोलुङ्गे पुल बनाउन दिने घोषणा गरिएकोले पनि यो चलचित्र सफल हुने अनुमान गरिएको छ । चलचित्रको ट्रेलर हेरेर प्रतिक्रीया दिन आम दर्शकलाई निर्देशक डिसीले अनुरोध गरेका छन ।

चलचित्र फूलैफूलको मौसम तिमीलाई को ट्रेलर यस्तो छ । हेर्नुहोस् ….

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु