‘फूलैफूलको मौसम तिमीलाई’ हेर्ने सबै समाजसेवी

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७२, सोमबार

काठमाण्डौ । नेपाली युवा पुस्तामा नेपाली फिल्म हर्ने बानी बसेको देखिंदैन । हलिउड र बलिउडमा रिलिज हुने हरेक फिल्म नछुटाई हेर्ने युवाहरु नेपाली फिल्मको नाम लियो कि नाक खुम्च्याएको पाइन्छ । फितलो कथावस्तु, असान्दर्भिक चरित्र चित्रण तथा दृष्यहरु भएकाले नेपाली फिल्म नेपालमै त्यति रुचाइएको पाइन्न । तर यस्ता आरोप लाउने दर्शकहरुले फागुन,२१ मा रिलीज हुने फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ हेरेपछि नेपाली फिल्मप्रतिको नकारात्मक सोचाईमा परिवर्तन गर्नेछन् । विदेशी फिल्मको तुलनामा स्वदेशी फिल्म पनि कम छैनन् है भन्ने सावित गर्ने फिल्म हो ‘फूलै फूलको मौसम तिमीलाई’ । यो फिल्म हेरेपछि अत्याधिक मनोरन्जनका साथमा प्रचुर सन्देश पाइन्छ भने फिल्म हेर्दा खर्चिने टिकटको शुल्क समाजसेवामा लगानि हुने भएकाले पनि फिल्म हेरेपछि आत्मसन्तुष्टि पनि उतिकै पाइने दावी छ ‘फूलै फूलको मौसम तिमीलाई’ युनिटको ।

फूलैफूलको मौसम तिमीलाई हेर्ने सबै समाजसेवी हुनेछन् । किनभने हरेक दर्शकले टिकटका लागि खर्च गरिएको रकम समाजसेवामा खर्च गरिनेछ । निर्देशक तथा निर्माता दिनेश डीसीले निर्माण गरेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ चलचित्रको तर्फबाट व्यापार नाफा घाटा जे जस्तो गरे पनि ७ लाख ५० हजार रुपैयाँ दिई धादिङको सलाङघाटमा तुइन हटाएर झोलुङ्गे पुल बनाउने पुण्य काम गर्ने बाचा गरेका छन् । । तुइनमा जीवन नै जोखिम राखेर विद्यालय पढ्न जाने विद्यार्थीका लागि झोलुङ्गे पुल निर्माण गर्ने अभियानमा लागेका निर्देशक तथा निर्माता दिनेश डीसीलाइ ‘फूलैफूलको मौसम तिमीलाई’ हेरी उनको अभियानमा काधमा काँध मिलाऔं । ‘फूलैफूलको मौसम तिमीलाई’ को जयस होस् । हरेक नेपाली चलचित्रको जय होस् । अरु नेपाली फिल्म भन्दा फरक कथाबस्तुमा निर्माण भएको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ दिनेश डिसी निर्देशित चलचित्र हो । यस अघि डिसीले मायाज बार, छ एकान छ को निर्देशन गरेका थिए उक्त फिल्महरुले अपार सफलता पाएका थिए ।

fulai_fulko_mousam_timilai
फागुन २१ मा देशभर प्रर्दशन हुने बहुप्रतिक्षीत मानिएको फिल्मलाई अमिर अलिले निर्माण गरेका हुन । निता ढुङ्गाना र आमेश भण्डारि अभिनीत फिल्ममा बिजय लामा, करिश्मा मानन्धर, सुनिल थापा, गिता अधिकारी, शिवशंकर रिजाल, निखिल उप्रेति, हिउवाला गौतम लगायत कलाकारको पनि भुमिका रहेको छ । यस अघि फस्ट डे फस्ट सो हेर्न नेपाली फूटवलका ह्याट्रिक स्टार नवयूग श्रेष्ठ एंव सोहि टिमका गोलकिपर विकेश कुथु आदिले आम दर्शकलाई आह्वान समेत गरिसकेका छन् ।

fulai fulko mousam

किन फागुन २१ मा दर्शकहरु ले फूलैफूलको मौसम तिमीलाई नै हेर्ने भन्ने प्रश्नमा निर्माण कम्पनीले फिल्म हेर्नू पर्ने उल्लेखित सात कारणहरु सार्वजनिक गरेको छ । बहुप्रतिक्षीत नेपाली फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ रिलीज हुने डेट नजिकिंदै जाँदा निर्माण कम्पनिले हेर्नैपर्ने ७ कारणहरु प्रेस रिलिज मार्फत सार्वजनिक गरेको छ ।
१। नेपालमा सम्भवत पहिलो पटक सुपरनेचुरल पावर ९ अलौकिक शक्तीमा आधारीत चलचित्र भएकोले ।
२। सम्भवतः नेपालकै सवैभन्दा उत्कृष्ट डवल रोल प्रश्तुत भएको चलचित्र भएकोले।
३। चलचित्रको सम्पुर्ण मुनाफा धादिङमा रहेको तुईन हटाएर पुल निर्माणमा लगानी हुने भएकोले। ।
४। फाईदा नभएपनि चलचित्रले ७ लाख ५० हजार सोहि स्थानमा सुरुवाति रकम दिएर कार्यको थालनि गर्ने भएकोले ।
५। ससक्त अभिनयको साथमा अलौकिक प्रेम कथा र कमेडि को समीश्रण भएको उत्कृष्ट प्रस्तुति भएकोले। ।
६। विर गोर्खालि र नेपालीको सामाजिक कार्यप्रतिको एकता देखाएर सरकारलाई पनि यस्ता पिछडिएका क्षेत्रको सामाजिक कार्यमा लाग्न उत्प्ररित गर्न ।
७। ट्वाक्क टुक्क, बिमान चालक, सावधान, दाईको ससुराली, मायाज वार, छ एकान छ का निर्देशक एंव कमेडि किङ, आवाजका दुनियाको साथी उपनामले चिनीने नेपाल चलचित्र निर्देशक समाज का वर्तमान अध्यक्ष दिनेश डिसीले निर्देशन गरेको र बर्षकै आशा गरीएको चलचित्र भएकोले। साथै चलचित्र हेरेर मनोरंजन मात्र लिने नभई समाजसेवा पनि गर्न सकिने भएको र चलचित्र उत्कृष्ट बनेको हुँदा सम्पूर्ण नेपाली चलचित्र प्रेमी हरु लाई फूलैफूलको मौसम तिमीलाई हेरी दिन आग्रह समेत गरिएको छ ।
dinesh dc_fulaifulko mousam

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु