‘फूलैफूलको मौसम तिमीलाई’ र डिसी

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७२, आईतवार

यतिबेला चलचित्र फूलैफूलको मौसम तिमीलाई र दिनेश डिसी एकअर्काका पर्यावाची बनेका छन् । राजधानीमा भर्खरै सम्पन्न दुईवटा अवार्डलाई हेर्ने हो भने त फूलैफूलको मौसम तिमीलाईको प्रचारात्मक कार्यक्रम जस्तो लाग्थ्यो । एलजी डि सिने अवार्ड र विन्ध्यवासिनी म्यूजिक अवार्डमा निर्देशक दिनेश डिसी कार्यक्रम होस्टका रुपमा थिए । उनले स्टेजमा बोलिरहँदा दर्शकदीर्घाबाट हेर्नेलाई लाग्थ्यो दिनेश डिसी कुनै व्यापारिक घरानाबाट प्रचारात्मक शैलीमा निस्किएका हुन् कि भन्ने । हुन पनि हो उनी धेरै व्यापारिक घरानासँग नजिक रहेर काम गरिरहेका हुन्छन् । त्यसमाथि आफ्नै होम प्रोडक्सनमा निर्माण भएको चलचित्र फूलै फूलको मौसम तिमीलाई त प्रचार नगर्ने कुरै भएन ।

आवाजको दुनियाँको साथी भनेर जसरी आफूलाई स्थापित गराएका दिनेश डिसीले यतिखेर भने फूलैफूलको मौसम तिमीलाई आफ्नो लोगो बनाएका छन् । उनी जहाँ भेटिन्छन् वा जुन कार्यक्रममा हुन्छन् गीत गाइहाल्छन्, कविता भनिहाल्छन्, मुक्तक सुनाइहाल्छन् वा कुनै जोक्स भनेरै पनि फूलैफूलको मौसम तिमीलाई जोडिहाल्छन् । जब कि कुनै पनि टेलिभिजन वा पत्रपत्रिकाले उनको चलचित्र फूलैफूलको मौसम तिमीलाई सेन्सर गर्नै सक्दैन । दिनेश डिसीले अब यस्तो गर्दैछ म सेन्सर गर्छु भनेर जसले सोचिरहेको हुन्छ ऊ त्यसलाई प्रसारण गर्न बाध्य हुन्छ । कहिले फूलैफूलको ज्याकेट लगाएर त कहिले फूलको गुच्छा बोकेर हरेक बोलीमा आफ्नो चलचित्रको नाम जोडेर उनले प्रचार गरिरहेका हुन्छन् ।

dinesh dc
फागुन २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र फूलैफूलको मौसम तिमीलाई जसरी डिसीले प्रचार गरिरहेका हुन्छन् स्टेजमा जाने प्राय अतिथिहरुले पनि फूलैफूलको मौसम तिमीलाई उच्चारण नगरी फर्कनै सक्दैनन् ।
बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन । निर्देशक दिनेश डिसीले यसलाई राम्रैसँग बुझेका छन् । उनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै ‘माउथ पब्लिसिटी’ नै हो । जसरी सबैका मुखमा झण्डिन चलचित्रलाई सफल बनाएका छन् त्यसैगरी उनले चलचित्रको प्रचार प्रसार मिडियाहरुमा पनि गरिरहेका हुन्छन् । एकवर्ष पछि निर्माण एवं प्रदर्शनमा आउने चलचित्रलाई उनले निर्देशन वा प्रोडक्सन गर्नुछ भने एक वर्ष पहिलादेखि नै प्रचार गरिरहेका हुन्छन् । त्यसैले उनको कामको सबैतिरबाट तारिफ गरिएको हुन्छ ।

dines dc2
यसअघि दिनेश डिसीले यसअघि पनि ‘मायाज बार’ र ‘छ एकान छ’ मा पनि यस्तै प्रचारप्रसारको शैली अपनाएका थिए भने चलचित्र फूलैफूलको मौसम तिमीलाई त अझ त्यो भन्दा बढी प्रचार गरिरहेका छन् । किनकी दिनेश डिसी प्रोडक्सनमा निर्माण भएको चलचित्र फूलैफूलको मौसम तिमीलाई डिसले मानसिक, भौतिक, आर्थिक सबैतर्फबाट ठूलो लगानी गरेका छन् । फूलैफूलको मौसम तिमीलाई चलचित्रमा नीता ढुंगाना र आमेश भण्डारीको अभिनय रहेको छ । चलचित्र उद्योगमा आमेश यस चलचित्रबाट डेब्यू गरेका नायक हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु