फेरि आए हमाल, शकुन्तला मार्फत

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७२, बुधबार

पछिल्लो समयमा नेपाली सिनेमा निर्माणको संख्या दिन प्रतिदिन बढ्दो छ । निर्माणको क्रममा एकजना स्टारडम कलाकार पनि प्राय सिनेमामा प्रयोग गर्ने गरिन्छ । कुनै बेलाका सिनेमामा नभै नहुने पात्र बनेका राजेश हमाल यतिबेला विभिन्न समारोह र लञ्चिङ कार्यक्रममा सिमीत बन्न पुगेका छन् । फ्याट्टफुट्ट देखा परिहाले पनि सहअभिनेताको भूमिकामा देखा पर्दै आएका छन् । तर अब यो क्रमलाई उनले तोडेर फेरि सिनेमामा मुख्य अभिनेताकै रुपमा र्फकदै छन् । सोमबार एउटा फिल्म ‘शकुन्तला’ निर्माणको घोषणा कार्यक्रममा उनि पनि सिनेमामा अनुबन्धित भएको जानकारी दिइयो । कार्यक्रममा नायक हमाल स्वयंको पनि उपस्थिति थियो । प्रमुख अभिनेताको रुपमा देखा पर्ने भएका हमालको भूमिका भने फिल्म रिलीज पश्चात मात्र थाह हुने पनि जानकारी दिइयो । हमालले ‘शकुन्तला’ को कथा मन परेकाले फिल्ममा अभिनय गर्न तयार भएको बताए ।bb8913c2f1c5a744cbd39405ebe39194_L
फिल्ममा हमालसँगै अनु शाह, किशोर खतिवडा, सुवर्णस्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप उदय, रविन्द्र बस्नेत आदिको अभिनय रहने छ । दिनेश श्रेष्ठले फिल्म निर्देशन गर्न लागेका हुन् । श्रेष्ठले फिल्म नारीप्रधान तथा द्धन्द्धप्रधान रहने जानकारी दिए ।‘शकुन्तला’ मा संगीत अर्जुन पोखरेलले दिनेछन् भने अष्ट महर्जनको द्धन्द्ध, माइकल चन्दको नृत्य निर्देशन रहनेछ । फिल्मलाई महेश्वर खत्री र श्रीपसा खत्रीले संयुक्त निर्माण गर्दैछन् । निर्देशक दिनेशले नै फिल्म लेखेका हुन् भने छायांकन पनि आफैंले गर्नेछन् ।

Sakuntala_rajesh_anu copy

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु