फ्रेन्च फिल्ममा देखिने भइन् ऋचा

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७२, बुधबार

अन्तराष्ट्रिय फिल्ममा काम गर्ने अवसर पाए कसले गर्दैन होला त ? झन् हलिउड फिल्म भयो भने त सुनमा सुगन्ध । जो कोही पनि यसतो मौकाको फइदा लिई हाल्छन्, न लिने कुरा पनि भएने । कलिउडबाट बलिउड, बलिउडबाट हलिउडमा प्रवेश गर्ने थुप्रै कलाकार निस्किसकेकाछन् । यस कुरामा नेपाली फिल्मीकर्मी पनि अछुतो छैनन् । नेपाली फिल्मीकर्मीहरुले पनि थुप्रै अन्तराष्ट्रिय फिल्महरुमा खेलिसकेका छन् । पछिल्लो समय राज बल्लभ कोइरालाले हलिउड फिल्म ‘हाईवे टु धुप्पुस’बाट हलिउड फिल्मी यात्रा सुरु गरेका थिए । उनको भूमिका पनि राम्रै थियो । यसै गरि विजय लामाले पनि हलिउड फिल्म ‘एभरेस्ट’मा डेब्यु गरेका थिए । उनको भूमिका भने छोटै थियो तर यो नेपालीको लागि सौभाग्यको कुरा हो । नेपाली फिल्म क्षेत्रबाट अन्तराष्ट्रिय फिल्मी जगत छिर्ने क्रममा अब ऋचा शर्माको पनि नाम जोडिने भएको छ ।

richa-poster

विभिन्न नेपाली फिल्ममा राम्रो अभिनय दिएकी ऋचाले फ्रेन्च फिल्म ‘नम्बर वान’ मार्फत अन्तराष्ट्रिय फिल्मी यात्रा सुरु गर्ने भएकी छिन् । जुन फिल्ममा ऋचाले नेपाली चेलीको भूमिका निभाउने भएकी छिन् । हलिउड फिल्म ‘द मोनुमेन्ट्स म्यान’, ‘आइ ह्याभ लभ्ड सो लङ’, ‘लस्ट इन रियो’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक सर्जेइ हाजानिभिसियसले उक्त फिल्म नम्बर वान को निर्देशन गर्ने भएका छन् । नेपाल जस्तै सेट बनाएर भारतको हिमाली क्षेत्र लद्दाखमा फिल्मको सुटिङ हुने भएको छ । फिल्ममा आफ्नो भूमिका छोटो भए पनि निकै उत्साहित भएको ऋचाले बताएकी छिन् । प्राविधिक कारणवस नेपालमा सुटिङ हुन नसकेकाले यस फिल्मका लागि फिल्मी टोली भारत प्रस्थान गरेका हुन् । फिल्म अप्रिल ८ देखि १२ सम्म सुटिङ हुने बताईएकोछ जसको लागि ऋचा त्यस तर्फ लाग्ने भएकी छिन् ।

भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु