बटरफ्लाई प्रियंका !

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७३, आईतवार

द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बटरफ्लाई’ (कलर्स अफ लभ) को शीर्ष भूमिकामा प्रियंका कार्कीले अभिनय गर्ने भएकी छन् । केही समय पहिला हिरोइनको खोजी गरिरहेको निर्माण युनिटले हिरोइनको रुपमा प्रियंका कार्कीलाई नै लिएको हो । अर्पण थापा, आर्यन अधिकारीलाई लिएर निर्माण गरिन लागेको चलचित्र बटरफ्लाईमा ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहने भएको छ ।

aryan-adhikari_om-prateek

रमेश प्रजापति कार्यकारी निर्माता रहने यस चलचित्रमा पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता रहेका छन् । कन्ट्रि निर्माताका रुपमा ध्रुवराज रहेका छन् भने सुरेश बज्राचार्यको छायाँकन रहने भएको छ । कविराज गहतराजले चलचित्र बटरफ्लाईको कोरियोग्राफ गर्ने भएका छन् । विकास चौधरी, दिपक शर्माको संगीत रहेको चलचित्र बटरफ्लाईको गीत शान्तिप्रिय, ओम प्रतिक गुरुङ, प्रमोद ढुंगाना, सरोज लामिछानेको गीत रहेको छ । चलचित्रमा युवराज चौलागाईं, राजेशपायल राई, माण्डवी त्रिपाठी, विश्व नेपाली र कोशिष क्षेत्रको स्वर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु