बन्ने भो मेरो देश, छायांकन सुरु आजबाट

म्यूजिक खबर
प्रकाशित: ७ फाल्गुन २०७२, शुक्रबार

काठमाण्डौ, ७ फागुन ।देश विग्रीएको गुनासो तथा चिन्ता यतिबेला आम नेपालीलाई परेको छ । देशको अर्थतन्त्र डामाडोल छ, सामाजिक तथा सांस्कृतिक पक्षमा पनि चित्त बुझाउने ठाउँ छैन । राजनैतिक खिचातानीले सतहमा ढले पनि अब भने मेरो देश बन्ने भएको छ । नेपालको राजनैतिक असफलता भए जस्तै चलचित्र नगरिले पनि प्राय सोचे जस्तो प्रतिफल पाउन नसकेको अवस्थामा निर्माताद्धय प्रभाकर सापकोटा र पार्वती मैनालीले मेरो देश बनाउने भएका छन् । गाउँदेखि शहरसम्म, बच्चादेखि बुढासम्म हरेक नेपालीले हेर्नैपर्ने नेपाली चलचित्र मेरो देश भनेर प्रचार अभियान सहित छायांकन सुरुवात गरिने भएको छ मेरो देशको । गुणस्तरिय प्रविधि, अब्बल अभिनय र उत्कृष्ट कथावस्तुलाई प्रस्तुत गरिने भनिएको चलचित्र मेरो देशको छायांकन फागुन ७, शुक्रबारबाट प्रारम्भ गरिने भएको छ । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा पहिलो छायांकन रहने चलचित्रका हरेक दृष्य रमणीय रहने बताइएको छ । प्रभाकर सापकोटा र पार्वती मैनाली निर्माता रहेको उक्त चलचित्रको लेखन तथा निर्देशन देब नेपालले गर्ने भएका छन् । कलाकारहरुमा निर शाह, निशा अधिकारी, आयुष रिजाल, प्रज्वल गीरि,एमी श्री, ध्रुव कोइराला लगायत चयन भएका छन् । मेरो देशका गीतहरुलाई बी.बी. अनुरागीले संगीत दिने भएका छन् । त्यस्तै मेरो देशको कथा तथा गीत उदय सापकोटा(सुरेन)को रहेको छ भने द्दन्द्द राजुु किराँतले गरेका छन् भने छायांकन रविन्द्र बरालले गर्ने भएका छन् । त्यस्तैे नृत्य निर्देशन सन्ध्या पौडेलले गर्ने भएकी छिन् भने मेरो देशका निर्माण नियन्त्रक राम बुढाथोकी रहेका छन् ।

mero desh1
नेपाली सिनेमा बजारमा संख्यात्मक वृद्धि भइरहेको अवस्थामा गुणात्मक वृद्धि सहित चलचित्र मेरो देश आउने बताउँछन् चलचित्रका कथाकार उदय सापकोटा (सुरेन) । त्यस्तै आफूले आजको सम्मको अनुभव र भरपूर मिहिनेत प्रयोग गर्ने भएकाले अनि अब्बल कलाकारिता चयनले साथै कथा  सान्दर्भिक र राम्रो भएकाले पनि चलचित्र राम्रो बन्नेमा ढुक्क भएको बताउँछन् निर्देशक देब नेपाल ।

mero desh

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु