बलिउडका अंकित ललितपुरमा

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०७२, सोमबार

सांस्कृतिक कार्यक्रम अहिले कलाकारका लागि राम्रो आम्दानीको स्रोत भएको छ । नेपालमा मात्र नभै विश्वभरि नै मनोरञ्जनका लागि कलाकारहरुले आफ्नो उपस्थिति स्वदेश तथा विदेशमा दिएर भए पनि लाखौं कमाउने गर्छन् ।
बलिउडमा उदाउँदै गरेका चर्चित पाश्र्व गायक अंकित तिवारीले नेपालमा कन्सर्ट गर्ने भएका छन् । असोज १६ गते ललितपुरको जावालाखेल फुटबल मैदानमा अंकितले नेपाली फ्यानलाई झुमाउनेछन् । मे महिनामा नै अंकितलाई नेपाल ल्याउने तयारी गरिएपनि भुकम्पका कारण कार्यक्रम पछि सरेको थियो ।
कन्सर्टबाट हुने मुनाफाको केही प्रतिशत भुकम्प पीडितका लागि खर्च गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । चलचित्र ‘आशिकी २’मा समावेश ‘सुन रहा हे ना तु’ बोलको गीतबाट बलिउडको पाश्र्व गायनमा उदाएका तिवारीले ‘एक भिलेन’मा गीत गाएपछि झनै चर्चा पाएका थिए । कन्सर्टको आयोजना प्लानेट नेपाल इन्टरटेनमेन्टले गर्न लागेको हो ।
यो संस्थाले यसअघि मिका सिंह, आतिफ असलमको कन्सर्टमा सह(आयोजकको रुपमा काम गरेको थियो । अंकित असोज १४ गते नेपाल आउनेछन् र नेपाली मिडियासँग अन्र्तक्रिया गर्नेछन् । दिउँसो २ बजेबाट सुरु हुने कन्सर्टमा सहभागी हुन चाहनेले ५ सय, १५ सय र ३ हजारको टिकट लिनुपर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु