बलिउडतिर ममताको अभिनय

म्यूजिक खबर
प्रकाशित: २२ श्रावण २०७२, शुक्रबार

काठमाडौं । कलिलै उमेरमा आफुलाई कलाकारीतामा ढाल्न सफल नेपालभाषी दिल्ली निवासी १९ वर्षिय ममता शर्मा यतिबेला एकपछि अर्को चलचित्रमा व्यस्त बन्दै गैरहेकी छन् । स्टेज प्रोगामहरुमा नृत्यकला देखाउनमै प्राय व्यस्त रहने ममता शर्मा चलचित्र गोरेबाट भने अभिनयमा पनि देखिन थालेकी हुन ।

3
आफुलाई नृत्य गर्न औधि मन पर्ने भएपनि विस्तारै अभिनयलाई पनि अघि बटाउने उनले बताईन । हालसालै चलचित्र नालायकको सुटिङ्ग सक्काएकी नव नायिका ममता शर्मा भोजपुरी चलचित्रका लागि यतिबेला दिल्ली पुगेकी छन् । समाज सुहाउदो दृश्य दिन आफु कन्जुसाई नगर्ने भएपनि विषयवस्तु भित्रको पात्रलाई पूर्ण रुपमा न्याय गर्न आफु नचुक्ने बताउछिन् उनि । यतिखेर पन्जाबी गीतको म्युजिक भिडियोमा समेत मोडलिङ गर्न भ्याईसकेकी ममता बिस्तारै कलिउड हुदै बलिउड तर्फ आकर्षित हुदै छन्  ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु