बलिउडमा नेपाली साध्वी

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७३, बिहीबार

काठमाडौँ । नेपालकी कलाकार साध्वी भट्ट अभिनित बलिउड चलचित्र द ड्रिम जवको तीन गीत सार्वजनिक भएको छ । चलचित्रमा सातवटा गीत राखिएको छ । द ड्रिम जबमा साध्वी केन्द्रीय भूमिकामा हुनुहुन्छ । सङ्गीत र अभिनय अध्ययनका लागि मुम्बई पुग्नुभएकी साध्वीले रियल रिल्स प्रोडक्सनले निर्माण गरेको द ड्रिम जबमा युथ लभ स्टोरी र बैङ्किङ क्षेत्रको खराब प्रबृत्तिलाई उतारिएको छ । चलचित्रमा साध्वीले बैङ्करको भूमिका निर्वाह गर्नुभएको छ ।

sadvi
“म गर्व गर्छु नेपाली हुनुमा । भाग्यले म बलिउडमा काम पनि गरिरहेकी छु”, नेपाली चलचित्रमा पनि अभियन गर्ने उत्तिकै प्यास बोकेकी नायिका साध्वी भन्नुहुन्छ–“म बलिउडमा नेपालको प्रतिनिधित्वको हिसावले सङ्घर्ष र योगदान गरिरहेकी छु । यहाँ सिकेको अभिनय कौशल नेपाली चलचित्रमा पनि दिन चाहन्छु ।”

नायिका साध्वीले केही नेपाली चलचित्रका लागि स्क्रिप्त पनि हेरिरहेको बताउनुभएको छ । दुई वटा बलिउड चलचित्रमा साइन गरिसकेकी साध्वीले नेपाली चलचित्रमा छिटै काम थाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

sad
जेठमा सार्वजनिक प्रदर्शनमा आउने द ड्रिम जबमा सात वटा गीत रहेको छ । चलचित्रमा बलिउडका टप गायक÷गायिकाले स्वर दिनुभएको छ । बलिउडका चर्चित गायक मिका सिंह, नकाश अजिज, नीति मोहन, जावेद अलि, ममता शर्मा, मनोज तिवारीले द ड्रिममा गीत गाउनुभएको छ ।
साध्वीले नृत्य गरेको पार्ट टाइमका प्यार पर्मानेन्ट करले..युट्युवमा लोकप्रिय बन्दै गएको छ । यी गीतहरु युट्युव, आइट्युनस्, शाभन, हङ्गामा, गानालगायत एप्समा सुन्न सकिन्छ । चलचित्रका दिल मागें मेरे…, सेल्फी लेलेरे..गीत पनि युट्युवमा सार्वजनिक गरिएको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु