बलिउड अभिनेत्री सोनाक्षी काठमाडौंमा

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७३, शुक्रबार

काठमाडौं । चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौं आइपुगेकी छन् । जेठ १ गते राजधानीको टुँडिखेलमा आयोजना हुने ’अमर पन्छीस् राइजिङ फ्रम द एसेज’ कार्यक्रममा भाग लिन उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन् ।

 

सोनाक्षीको साथमा डेढ दर्जन भारतीय कलाकार समेत आएका छन् । सैनिक श्रीमती संघको आयोजनामा हुने कार्यक्रमलाई अल्पेन ग्लो इभेन्ट्सले व्यवस्थापन गर्दैछ ।

 

कार्यक्रममा नेपाली अभिनेत्रीहरू रेखा थापा, प्रियंका कार्की, सुषमा कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा र गायिका इन्दिरा जोशी प्रस्तुत हुँदैछन् । यस्तै निशा र सुष्माले आइटम डान्स गर्ने भएकी छन् भने गायिका इन्दिरा जोशीले करिब २५ मिनेट आफ्ना चर्चित गीतसँगै नृत्यले दर्शकलाई नचाउनेछिन् ।

 

कार्यक्रमको सञ्चालन सहाना बज्राचार्यले गर्ने छिन् । करिब अढाई घन्टा लामो कार्यक्रमका लागि पाँच सयदेखि सात हजार रुपैयाँसम्मको टिकट बिक्री गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु