बलिउड स्टार : कसको शिक्षा कति ?

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७०, बिहीबार

मुम्बई, (एजेन्सी) । बलिउड स्टारका करोडौँ फ्यान छन् तर, उनीहरूले कहिल्यै यो कुरा सोच्दैनन् कि ती स्टार कति ‘क्वालिफाइड’ छन् । बलिउडमा यस्ता पनि स्टार छन्, जसले कलेजको आँगनसमेत टेकेका छैनन् अर्थात् उनीहरू कलेज ‘ड्रप आउट’ छन् । कोही स्टार यस्ता छन्, जसले १२औँ पटकमा बल्ल डिग्री गरेका छन् ।
बलिउडमा अभिनेता अमिताभ बच्चन ‘क्वालिफाइड’ हस्तीमध्ये एक हुन् । अभिताभले नैनीतालस्थित सेरउड कलेजबाट पढाइ सुरु गरेका थिए तर उनले दिल्ली युनिभर्सिटी र किरोडीमल कलेजबाट साइन्स र आर्टस्मा डिग्री गरे । बलिउडका अर्का हस्ती अर्थात् किङ खान शाहरूखले दिल्लीको जामिया मिलिया इस्लामिया कलेजबाट पढाइ सुरु गरेका थिए । उनी मास कम्युनिकेसनमा मास्टर डिग्री गर्न चाहन्थे तर गर्न सकेनन् । पछिल्लो मसय शाहरूखले दिल्ली युनिभर्सिटीको हंसराज कलेजबाट ग्राजुएट गरे । त्यसपछि उनी फिल्मी अभिनयमै भुल्न थाले ।
अभिनेता फरहान अख्तरको पढाइ पनि खासै छैन । उनलाई मुम्बईका मानेकजी कपुरले स्कुलिङ तहसम्म पढाएका थिए । त्यसपछि उनले एचआर कलेजमा कमर्स लिएर पढाइ सुरु गरे र सोही कलेजबाट कमर्समा डिग्री गरे हुन्् । अभिनेता ऋतिक रोसनले पनि कमर्सबाटै डिग्री हासिल गरेका छन् । बाम्बे स्कटिसमा स्कुलतह पूरा गरेका ऋतिकले मुम्बईस्थित सिडेन हम कलेजबाट डिग्री गरेका हुन् । अर्का अभिनेता इमरान हास्मीले पनि यसै कलेजबाट ग्राजुएट गरेका हुन् ।
बलिउडका स्टार प्रायः ग्राजुएट छन् । अभिनेता अजय देवगन पनि ग्राजुएट हुन् । उनले मुम्बईको मिठिबाई कलेजबाट ग्र्याजुएसन गरेका हुन् । सलमान खान भने ‘कलेज ड्रप आउट’ हुन् । सलमानले ग्वालियरको सिन्धिया स्कुलमा केही वर्ष पढेका थिए । त्यसपछि उनी मुम्बईको बान्द्रास्थित स्टैनिस्लस स्कुलमा उच्च शिक्षाका लागि अध्ययन सुरु गरेका थिए तर उनले कलेजको पढाइ अधुरै छाडे । पछिल्लो समय बान्द्राकै नेसनल कलेजबाट उनी ‘ड्रप आउट’ भए ।
यस्तै, हेर्दा लाग्छ आमिर खान एक राम्रो विद्यार्थी थिए तर भन्दा धेरैलाई विश्वास लाग्दैन । आमिर एक साधारण विद्यार्थी थिए । उनी पढाइमा भन्दा बढी खेलकुदतिर रमाउँथे । त्यसैले उनी पास हुन पनि गाह्रो हुन्थ्यो । मुम्बईको नर्सी मोन्जी कलेजबाट १२ कक्षा पूरा गरेपछि उनले पढाइ नै छाडिदिए ।
यस्तै, रणवीर कपुरले बाम्बे स्कटिस स्कुलमा पढाइ सकेपछि मुम्बईको एचआर कलेजमा दुई वर्ष पढे तर उनले कलेजको पढाइ पूरा गरेनन् । अध्ययन अधुरै छाडेपछि रणवीर एक्टिङ सिक्न न्युयोर्कतिर लागे । कपुर खानदानका जति स्टार छन्, तीमध्ये करिना कपुरले मात्र कलेजको पढाइ गरेकी छन् । अर्का खान स्टार इमरानले पनि बाम्बे स्कटिश स्कुलमा केही समय अध्ययन गरे । पढाइ छाडेर उनले बिहे गरे । त्यसपछि फेरि उनी मुम्बई आएर लाइफ पार्टनर अवन्तिकासँग बस्न थाले । पछि बाबुसँग क्यालिफोर्निया गएपछि स्कुल लाइफ पूरा गरेका थिए । अभिनेता अभिषेक बच्चनले सुरुमा दिल्लीको मोर्डन स्कुलमा पढेका हुन् । त्यसपछि अभिषेकले मुम्बईको केही स्कुलमा पढेका थिए । पछि उनी पढ्नका लागि स्विटजरल्यान्ड गए । त्यहाँ उनले एंगलन कलेजमा पढाइ सुरु गरे । तर, अभिषेक पढाइ पूरा नगरी भारत फर्केका थिए जसले गर्दा अमिताभलाई घाटा भएको थियो ।
यता, अभिनेता अक्षय कुमारले भने मुम्बईको डोन बोस्कोबाट पढाइ सुरु गरेका हुन् । तर, अक्षय कुमार पढाइमा भन्दा खेलकुदमा बढी इन्ट्रेस्ट दिन्थे । त्यसैले उनले ‘कलेज ड्रप आउट’ गरेका थिए । त्यसपछि बंैकक गएका अक्षयले मार्सल आर्ट्समा डिग्री लिएर फर्के ।
चक्लेटी हिरो साहिद कपुरले कक्षा ४ सम्म दिल्लीको ज्ञान भारती स्कुलमा पढे । त्यसपछि उनले मुम्बईको राजहंस विद्यालयमा पढ्न थाले । तीन वर्ष उनी मम्बईको मिठिबाई कलेजको स्टुडेन्ट भए तर पढाइ पूरा गरेनन् । यता, सैफ अली खानले भने सनावरको लरेन्स स्कुलमा पढ्दापढ्दै इंग्ल्यान्ड गए । उनले त्यहाँ लोकर्स पार्क स्कुलमा पढ्न थाले । पछिल्लो समय उनी इंग्लिस पब्लिक स्कुल तथा विन्चेस्टर कलेजमा भर्ना भए तर उनको अध्ययन अधुरै रह्यो ।

shahrukh-khan-094-011

Saharukh Khan

Salman-Khans-NGO-comes-to-aid-of-drought-hit-Maha-districts-1

Salman Khan

hrithik-roshan-wallpaper

Hritik Roshan

Bast-Style-Amir-Khan-Kaun-Banega-Karorepati-HD-Wallpaper

Amir Khan
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु