बहुप्रतिक्षीत चलचित्र ‘प्रेम गीत-२’ को ट्रेलर यस्तो छ

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७४, मंगलवार

काठमाडौँ । दर्शकहरुको पर्खाइमा रहेको चलचित्र प्रेमगीत २ को ट्रेलर रिलिज भएको छ । राजधानीस्थित क्वि एस सिनेमा हलमा पत्रकार सम्मलेन गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सम्मेलनमा संचारकर्मीसँग कुराकानी गर्दै चलचित्रका कास्ट एण्ड क्रिउले प्रेमगीत २ बक्सअफिस र समिक्षात्मक दुबै कोणबाट अब्बल हुने बताए । निर्देशक रामशरण पाठकले फिल्मले नेपाल, थाइल्यान्ड र म्यानमारसँग जोडिएको प्रेम चित्रण गर्ने बताए ।

सोही चलचित्रबाट अभिनेताको रुपमा डेब्यु गरेका निर्माता सन्तोष सेन एक्सन अवतारमा देखिएका छन् । ट्रेलरमा आफूलाई भिलेनको रुपमा देखाइएपनि वास्तविक पात्रको परिचय भने फिल्मले दिने उनले बताए ।

prem-geet-2
चलचित्रमा नायक प्रदीप खड्का र डेब्यु नायिका अश्लेषा ठकुरीको मुख्य भुमिका रहेको छ । उनीहरुले दुई प्रेमी प्रेमीकाको रुपमा अभिनय गरेका छन् । सम्मेलनमा अभिनेत्री अश्लेषा ठकुरीले दर्शकको प्रतिक्रिया सुन्न आफू आतुर भएको बताउँदै सिनेमा हेरिदिन दर्शकलाई आग्रह गरिन् । झन्डै २ मिनेट लामो ट्रेलरमा म्यानमार, नेपालको रारा र थाइल्यान्डका मनोहर दृश्य समेटिएको छ ।

आशुसेन फिल्मस प्रोडक्सनको ब्यानरमा सिनेमा बनेको हो । सहनिर्माता हाइलाइट्स नेपालका ओम गुरुङ हुन् । बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, निर्देशक पाठककै पटकथा र संवाद समेटिएको छ ।

बहुप्रतिक्षीत चलचित्र ‘प्रेम गीत-२’ को ट्रेलर यस्तो छ –

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु