बाँधिए विपासा र करण विवाह बन्धनमा

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७३, आईतवार

karan-bipasha1_1462037617.jpg

एजेन्सी । बलिउड अभिनेत्री विपासा वसु र नायक करण सिंह ग्रोवर शनिबार विवाह बन्धनमा बाँधिएका छन् । नायिका विपासा र नायक करणले मुम्बईमा बंगाली परम्परा अनुसार विवाह गरेका हुन् । मुम्बईको एक पाँच तारे होटलमा सम्पन्न विवाहमा उनको पूर्वप्रेमी डीनो मोरिया सबै भन्दा पहिला पुगेका थिए । बलिउडबाट अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय, शिल्पा शेट्टी, उनकी बहिनी समिता शेट्टी लगायतको उपस्थिति रहेको थियो । विपशा र करणले आफ्नो प्रेमलाई लामो समयदेखि लुकाएका थिए । बलिउडमा बिपाशाको नाम मिलिन्द सोमण, हरमन बावेजा, जोन अब्राहम र डीनो मोरियासँग जोडिएको थियो । विपशाको नायक जोन अब्राहिमसँगको प्रेम सबैभन्दा चर्चित थियो । विपशाले २ पत्नीलाई छाडिसकेका करणलाई जीवनसाथी बनाएकी हुन् ।

Bipasha-Basu-widaing-screennepal-1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु