बालिका बधु काण्ड सँगसँगै बल्झियो दिव्याको याद

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७२, मंगलवार

हलिउड होस् या बलिउड स्थापित भैसकेका नायिकाहरुले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ । मृत्यु कसैलाई पनि सहज र रहर बनेको हुँदैन । यदि कसैले मृत्यु रोज्दछ भने अवश्य त्यो बाध्यता नै हुनुपर्दछ । केहि मिनेट अगाडिका रङ्गीन सपनाका अगाडि मृत्यु रोज्नु अवश्य बाध्यता नै हुनुपर्दछ । समाजका सबै क्षेत्रमा महिलाहरुले संघर्षका क्रममा विभिन्न शारीरिक तथा मानसिक शोषणलाई सहन नसकेर मृत्युलाई रोजेका त कति छन् कति तर ति सबै संघर्षबाट पार भैकन पनि मृत्यु रोजका धेरै उदाहरण हामी माझ प्रशस्त छन् । जसलाई हामीले विश्वास नसक्दा नसक्दै पनि विश्वास गर्न कर लाग्दछ ।

भर्खरै चर्चित टेलीसिरीयल ‘बालिकाबधु’की ‘बालिका बधु’ अर्थात प्रत्युषाले पनि जीवनको बदलामा मृत्यु रोजेकी छिन् । यस्तो दुःखद समाचार बलिउडमा पहिलो भने होइन । आज भन्दा २३ वर्ष अगाडि नै ड्रिम गर्ल बन्न सफल सुन्दरी नायिका दिव्याको भारतीले पनि स्वेच्छिक मृत्युलाई रोजेकि थिइन् । यद्यपि अहिले सम्म उनको मृत्युलाई आत्महत्या हो या हत्या हो अहिले सम्म रहस्यमा नै रहेको छ । तेलुगु फिल्मबाट कलाकारितामा डेब्यु गरेकि दिव्या बलिउडमै स्टार भैसकेकि दिव्याको आज २३ औं पुण्यतिथी परेको छ ।
सन् १९९३ मा आजकै दिन अर्थात् ५ अप्रिलमा भएको थियो । दिव्या भारतीको रहस्यमय मृत्यु भएको थियो । दिव्याको मृत्यु पाँच तलाबाट खसेर भएको थियो । उनी कसरी खसिन्, त्यो अझै रहस्यमै छ ।

divya-bharti-screennepal
दिव्याले १९ वर्षमै फिल्मी दुनियाँमा उचाइ लिएकी थिइन् । मिहिनेत र संघर्ष गरेअनुसार दिव्यालाई छोटो समयमै सफलता मिलेको थियो । ९० को दशकमा दिव्या नम्बर एक हिरोइन थिइन् तर, त्यतिखेरै उनको मृत्युको खबर आएको थियो ।
सन् १९७४ मा जन्मिएकी दिव्याको सन् १९९२ मा चर्चित निर्माता साजिद नाडियावालासँग विवाह भएको थियो । दिव्याको वास्तविक नाम सना थियो । तर, विवाहपछि उनले आफ्नो नाम दिव्या बनाएकी थिइन् । विवाह गरेको एक वर्षमै दिव्याको मृत्यु भएको हो । त्यतिखेर दिव्याको मृत्युलाई आत्महत्या भनेका थिए भने केहीले उनलाई धकेलेर हत्या गरिएको भनिएको थियो । दिव्याले तेलुगू फिल्ममार्फत अभिनय करिअर सुरुआत गरेकी थिइन् ।

बलिउडमा दिव्याले फिल्म ‘विश्वात्मा’मार्फत डेब्यू गरेकी थिइन् । दिव्याले तीन वर्षको अवधिमै २१ वटा फिल्ममा काम गर्न भ्याएकी थिइन् । दिव्याको ‘दीवाना’ र ‘शोला और शबनम’जस्ता सुपरहिट फिल्म थियो । ‘दीवाना’ मा दिव्या ऋषि कपूर र शाहरुखकी हीरोइन बनेर अभिनय गरेकी थिइन् । ‘दीवाना’ फिल्मका सबै गीत सुपरहिट भएका थिए ।

Pratyusha-Banerjee-screennepal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु