बालिका बुधु’की ‘आनन्दी’को वेहुली झैं अन्त्येष्टि

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७२, आईतवार

भारतीय टेलिभिजिनबाट प्रशारण हुने चर्चित धारावाहिक शृंखला ‘वालिका बधु’ मा ‘आनन्दी’को भूमिकामा अभिनय गर्ने प्रत्युषा बनर्जीको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको छ । गत शुक्रवार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी प्रत्युषालाई वेहुली झैं गरगहना सहित सिंगारेर अन्त्येष्टि गरिएको हो । उनको शव विद्युतिय प्रविधिवाट अन्त्येष्टि गरिएको हो ।

भारतिय सञ्चारमाध्यमका अनुसार अन्त्येष्टिमा परिवारका सदस्यको साथै नजिकका मित्रहरु उपस्थित थिए भने पुलिसको घेरामा रहेका उनका प्रेमी रोहितराज भने अन्त्येष्टिमा सहभागी भएनन् ।

अन्त्येष्टिमा राखी सावन्त, काम्या पञ्जाबी, रतन राजपूत, गजेन्द्र चौहान, जय भानुशाली, माही विज, शिल्पा अग्निहोत्री लगायतका कलाकारहरु सहभागिता रहेका थियो ।

pratyusa-benarjeeeee

प्रत्युषाको मिल्ने साथीहरुका अनुसार उनी विवाहको तयारीमा थिइन् । डिजाइनर रोहित वर्माले उनको विवाहका लागि लेहंगाको डिजाइन समेत तयार पारेका थिए । त्यसै कारणले प्रत्युषाका साथिहरुले उनलाई बेहुलीको भेषमा अन्त्येष्टि गर्ने निर्णय गरेका हुन् । एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु