बाह्र नेपाली एक चिहानको सेन्सर फुकवा

म्यूजिक खबर
प्रकाशित: २९ श्रावण २०७१, बिहीबार

काठमाडौं । लामो समयदेखि विवादमा रहेको चलचित्र बाह्र नेपाली एक चिहानको अन्नत सेन्सर फुकुवा भएको छ । चलचित्रले सेन्सरबाट बुधबार पिजी सर्टिफिकेट पाएको छ । चलचित्रमा समावेश भएको अमेरिकाको झन्डा हटाइएको छ भने अन्य दृश्यमा कैंची नलगाइएको निर्देशक अरुण प्रधानले बताए । २०६१ भदौ १६ मा मारिएका १२ जना नेपालीको कथामा आधारित रहेको बाह्र नेपाली एक चिहानलाई यसअघि संचार मन्त्रालयले सेन्सर नगर्न चलचित्र विकास बोर्डलाई आग्रह गरेको थियो । तर अन्ततः सेन्सर बोर्डले पिजी सर्टिफिकेटका साथ चलचित्रलाई रिलिज गर्न पाउने अनुमति पाएको छ । चलचित्रमा हिंसाको दृश्य बढी भएका कारण पिजी सर्टिफिकेट दिइएको निर्देशक प्रधानले बताए ।
चलचित्रमा राजन खतिवडा, जतिन ताम्राकार, रविन्द्र झा, विक्रम सिंह, उत्तम जंग लिम्बू, राम भजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निरञ्जन मेहता, सोनु जयन्ती लगायतका कलाकारको अभिनय रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु