बुटवलमा लभ यू बाबा, सौगातलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७२, शुक्रबार

विश्वका कान्छो निर्देशक सौगात विष्टद्वारा निर्देशित चलचित्र लभ यू बाबाको लायन्स क्लब अफ बुटवलले च्यारिटी शो गरेको छ । च्यारिटी शोका लागि चलचित्रका अभिनेता गजिट विष्ट र निर्देशक सौगात विष्ट बुटवल पुगेका थिए । च्यारिटी शोसँगै निर्देशक विष्टलाई लायन्स क्लब अफ बुटवलका अध्यक्ष कृष्णा प्रिया श्रेष्ठ एवं कार्यक्रमका प्रमुख अतिथि भने पूर्व डिस्ट्रिक गभर्नर लायन महेन्द्र नारायण श्रेष्ठको हातबाट ताम्रपत्रसहित नगद राशि दिएर सम्मान गरिएको थियो ।

विश्वमै सानो उमेरमा चलचित्र निर्देशन गरी नेपालको गरिमालाई उच्च राख्न सफल हुनुभएको भन्दै सौगातलाई बुटवलमा सम्मान गर्दै उनकै निर्देशनको चलचित्र लभयू बाबालाई प्रदर्शन गरिएको थियो । लायन्स क्लबको आयोजनामा भएको उक्त च्यारिटी एवं सम्मान कार्यक्रमको संयोजन भने गायिका एवं लायन्स देविका बन्दनाले गरेकी थिइन् । कार्यक्रम लायन्स उसा सिंहले संचालन गरेकी थिइन् ।

devika bandana sauta-devika

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु