बुद्ध बर्न इन नेपालको ट्रेलर सार्वजनिक, ट्रेलरमा मोदी पनि देखिए

म्यूजिक खबर
प्रकाशित: ५ बैशाख २०७३, आईतवार

चलचित्र बुद्ध बर्न इन नेपालको राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत देखाइएको छ । जसमा मोदीले बुद्ध भारतमा जन्मेको दाबी गरेका छन् । उक्त चलचित्रको ट्रेलरमा नेपालमा जन्मिएका वुद्धको जन्मभूमिको बिषयमा विश्वभर भ्रम छरेको थाहा पाएपछि त्यसविरुद्ध लडेको एक यूवकको कथालाई देखाइएको छ । पश्चिमा देशदेखि भारतमा समेत बुद्धको जन्मभूमीको बिषयमा भ्रम छर्ने काम भैरहेको समयमा यो चलचित्रले यो भ्रम चिर्ने विश्वास गरिएको छ । चलचित्रमा नायक रमित ढुंगाना, अशिष्मा नकर्मी, निर शाह लगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । चलचित्र जेठ ७ गतेबाट देशभर प्रदर्शन आउने भएको छ ।

 ट्रेलर

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु