बैशाख २८ मा डी सिने अवार्ड, यस वर्ष हेटौंडामा हुने

म्यूजिक खबर
प्रकाशित: ४ फाल्गुन २०७३, बुधबार

काठमाण्डौ । विगत नौं वर्षदेखि नियमित रुपमा आयोजना गरिदंै आएको डि सिने अवार्ड बैशाख २८ हुने घोषणा गरिएको छ । गत पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको यो अवार्ड यसपटक हेटौंडामा आयोजना गरिने भएको छ । ७ वर्ष सम्म नियमित रुपमा काठमाडौंमा आयोजना गरिदैं आएको डि सिने अवार्डले आठौं संस्करणबाट मोफसलका अन्य शहरहरुमा आयोजना गर्दै चलचित्र पर्यटनलाई बढावा दिएको छ ।

2074-disign-d-cine-award-copy

खासगरी डिजिटल फम्र्याटलाई आधार मानेर प्रारम्भ गरिएको डि सिने अवार्ड नेपालमा आयोजना गरिने अवार्डहरुमा प्रतिष्ठित मानिन्छ । अवार्डलाई पूर्णरुपमा सफल एवं भब्य बनाउनका लागि डि सिने अवार्डका अध्यक्ष शान्तिप्रिय एवं कार्यक्रम संयोजक मणीराज गौतम हेटौंडा पुगेर अवार्डको व्यवस्थापनका लागि समिति गठन गरेर फर्केका छन् । अवार्डका लागि स्थानिय संयोजन समितिको संयोजकमा शुशान्त श्रेष्ठ रहेका छन् भने समितिको सल्लाहकारमा निर्माता÷वितरक एवं प्रदर्शक नरेन्द्र महर्जन र पत्रकार उज्ज्वल चौलागाई रहेका छन् । त्यस्तै समिति सदस्यहरुमा कपिल खड्का, श्रीराम दाहाल, सविन न्यौपाने, गणेश दर्पण अधिकारी आदि रहेका छन् । केन्द्रिय समिति एवं स्थानिय समितिको संयोजनमा अवार्ड भव्य रुपमा आयोजना गरिने स्थानिय संयोजक शुशान्त श्रेष्ठले बताए । हेटौंडामा यसरी अवार्ड आयोजना गरिनु हेटौंडाबासीका लागि पनि गौरवको विषय भएकोले यसको सफलता हेटौंडाको प्रतिष्ठासँग गाँसिएको सल्लाहकार नरेन्द्र महर्जनले छलफल कार्यक्रममा बताए ।

d cine award
त्यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्षले हेटौंडामा यसरी धेरै भन्दा धेरै कलाकर्मी ल्याइनु हेटौंडेलीका लागि पनि खुशीको कुरा भएको बताए । डि सिने अवार्डका संयोजक मणीराज गौतमले अवार्ड नियमित श्रृंखला भएपनि हेटौंडामा थप स्मरणीय रुपमा सम्पन्न गरिने बताए । अवार्ड अध्यक्ष शान्तिप्रियले अरुले नेपाली अवार्डलाई विदेशतिर लग्न थालेको भएपनि आफूचाही देशकै विभिन्न भागमा दर्शकमाझ नियमित रुपमा जाने र यसै क्रममा पोखरापछि हेटौंडा आएको बताए ।

अवार्ड ओम चलचित्र मन्दिर हेटौंडामा बैशाख २८ गते आयोजना गरिने तय भएको आयोजक संस्था छायाँछविले बताएको छ ।
त्यस्तै नवौं डि सिने अवार्ड ०७४ का लागि चलचित्र दर्ता आव्हान गरिएको छ । ०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरु दर्ता गर्न छायाँछविले आग्रह गरेको छ । छायाँछविले चैत्र २५ सम्म दर्ता म्याद तोकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु