भण्डारी, योगी र बिमल र निरौलालाई ‘छिन्नलता पुरस्कार’

म्यूजिक खबर
प्रकाशित: २० असार २०७४, मंगलवार

chinnalata samman

असार २०, काठमाडौं । लामो समयदेखि गीत, सङ्गीत क्षेत्रमा लागेका ६ प्रतिभालाई छिन्नलता गीत पुरस्कार गुठीले आज ३९ औं छिन्नलता गीत पुरस्कारबाट सम्मान गरिएको छ । १९८० सालमा जन्मिएकी छिन्नलता उपनामबाट गीत रचना गर्ने रमोलादेवीको २०५७ मा देहावशान भएको थियो । उनकै पहलमा २०३९ सालमा गुठी स्थापना गरीएको हो ।

tika-Bhandari
गुठीको आम्दानीले हरेक वर्षगीति क्षेत्रमा योगदान पु¥याउनेहरुमध्ये सबैभन्दा योग्यव्यक्तिलाई पुरस्कृत गर्ने चलन अनुसार गीत रचनातर्फ धनेन्द्र बिमल, सङ्गीततर्फ टीका भण्डारी, गायनतर्फ शिशिर योगी, छिन्नलता प्रतिभातर्फ मीना पोखरेल निरौला २०७३ सालको ‘छिन्नलता गीत पुरस्कार’बाट सम्मानित भए ।

meena Pokharel
गीतकार रमोलादेवी शाह (छिन्नलता)को ९४औँ जन्मजयन्तीका अवसरमा गुठीद्वारा आयोजित कार्यक्रममा पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी वलीले सम्मान तथा पुरस्कृत गरे ।
पुरस्कृत व्यक्ति बिमल, भण्डारी, योगीलाई जनही ५० हजारसहित सम्मानपत्र र नवप्रतिभा मिनालाई रु २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
यसैगरी, छिन्नलता विशेष सम्मान गायनमा माधवलाल श्रेष्ठ र सङ्गीतमा मणिकमल क्षेत्रीलाई विशेष सम्मान प्रदान गरिएको छ । उक्त सम्मानमा जनही ५० हजार नगद राशि रहेको छ । कार्यक्रमको सन्चालन गायिका तथा राप्रकाकी केन्द्रिय सदस्य कोमल वलीले गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु