भर्सटायल प्रियंका

म्यूजिक खबर
प्रकाशित: १५ भाद्र २०७२, मंगलवार

पछिल्लो समय फिल्मनगरिकी व्यस्त मध्यकि एक नायिका प्रियंका कार्कीले आफुलाई भर्जटाईलको रुपमा अगाडी ल्याउँदै छिन । अभिनयका हिसाबले ‘मेरो बेस्ट फ्रेण्ड’ र प्रदर्शनका हिसाबले ‘थ्री लभर्स’ मार्फत फिल्मनगरीमा पाइला टेकेकी प्रियंका सुरुवाती दिनदेखि नै आफुलाई हरेक क्षेत्रमा परीक्षण गर्दै्छिन भन्दा फरक नपर्ला । किनकी प्रियंकाले पहिलो फिल्म ‘मेरो बेस्ट फ्रेण्ड’ मा आफ्नो गीतमा आफैले कोरियोग्राफ गरेकी थिइन् । त्यसपछी उनले पुन्टे परेड, मिसन पैसा २, लुटेरा लगायातका अन्य केहि फिल्ममा पनि कोरियोग्राफ गरेकी छिन । यिनै प्रियंकाले गत बर्ष आफु प्रोटागोनिस्ट रहेको फिल्म ‘आवरण’ को टाइटल गीतमा स्वर भरिन ।

priya
सानै देखि अभिनय र नृत्यसंगै गायनमा रमाउने प्रियंकाले एसएलसी पछी भने अभिनयलाई मात्र प्राथमिकता दिईन । ‘एसएलसी पछी पढाइमा फोकस हुनु पर्ने भएकाले मैले अभिनयलाई मात्र अगाडी बढाउन सके तर अब बिस्तारै आफुमा रहेका प्रतिभालाई अगाडी ल्याउने छु’ प्रियंकाले बाल्यकाल सम्झीइन । उनले फिल्म ‘आवरण’ मा गाएको गीतपछी सबैले सुझाए ‘रियाज गरेर गाउ , राम्रो स्वर रहेछ ।’ त्यसपछी त के चाहियो उनलाई , फुर्सदको समय उनले गायनको लागि खर्चिन थालिन । त्यसपछी उनले भिडियो एल्बम निकाल्ने तयारी गर्न थालिन ।
‘म संगीतमा भरिपूर्ण छु भनेर एल्बम निकाल्न लागेकी हैन , आफुलाई लागेको इक्षा पुरा गर्न मात्र खोजेकी हु किनकी म सिकाईको क्रममा मात्र छु’ प्रियंकाले आफ्नो प्रतिष्प्रधा कसैसंग नभएको बताइन । भिडियो एल्बमको लागि ‘स्वतन्त्र’ बोलको गीतमा स्वर भरेर भिडियो बनाउने तयारीमा रहेकी प्रियंकाले त्यो भन्दा अगाडी नै ‘तिम्ले त हैन’ बोलको कभर भर्जन सङ दर्शकलाइ उपहार दिने तयारीमा छिन । यस गीतलाई ओर्जिनल भर्जनमा बच्चु कैलाशले गाएका थिए भने संगीत नातिकाजी र शब्द क्षेत्रप्रताप अधिकारीले कोरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु