भारतमा कमलकृष्णविरुद्ध ठगी मुद्दा

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७२, बिहीबार

काठमाडौं । सुटिङका क्रममा नेपाली चलचित्रकर्मीहरुले नेपालभित्रकै होटल तथा रेष्टुरेन्टहरुमा बिल नतिरेको घटनाहरुले बदनामी कमाइरहेका बेला भारतमा पनि ठगीको आरोपमा नेपाली चलचित्रकर्मी परेका छन् । कतिपय नेपाली फिल्मकर्मीले पोखरा, चितवन र नारायणघाटका होटल मालिकले खाएको र बसेको पैसा नतिरेको गुनासो गर्दै आएका छन्् । ती घटनाहरु चलिरहेकै बेलामा बलिउड अभिनेता आमिर खानको भतिजा भन्दै आफूहरुलाई ठगेको गरेको दावीका साथ ११ जना भारतीय कलाकारले कलमकृष्ण पौडेलविरुद्ध मुद्दा हालेका छन् ।

kamalkrishna
भारतीय पत्रिका जागरण दैनिकमा प्रकाशित समाचारअनुसार कमलकृष्णले फिल्म छायांकन गरेर फरार भएको दावी गर्दै प्रहरीमा उजुरी दर्ता गरेका छन् । कमलकृष्ण संगीतकार हुँदै निर्देशक भएका हुन् । यी निर्देशकले कलाकारबाट समेत ठूलो रकम लिएको जागरणले प्रकाशित गरेको छ । प्रधाननगर पुलिस चौकीमा कमलकृष्ण र होटलका प्रबन्धकविरुद्ध उजुरी दर्ता भएको बताइएको छ । भारतका पूवोत्तर फिल्म संघका अध्यक्ष टीकम शर्माका अनुसार दुई महिना पहिले कमलकृष्णले आफूलाई आमिर खानको भतिजा बताउँदै रकम असुली गरि फिल्म सुटिङ गरेका थिए । टीकमले नेपाली सिनेमाको भारतीय वितरण पनि गर्दै आइरहेका छन् ।
कमलकृष्णलाई पक्राउ गर्न भारतीय प्रहरीले काठमाडौंस्थित दुतावासमा पत्राचार गरेको पनि समाचारमा जनाइएको छ । कमलकृष्णले पछिल्लो समय नेपाली चलचित्र ‘फुलस्टप’ र ‘दमदार’ निर्देशन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु