भारद्वाजको ‘चलेछ बतास सुस्तरी’

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७१, मंगलवार

काठमाडौं । नेपाली चलचित्र नगरीमा थुप्रै राम्रा कथा दिएका चलचित्र लेखक तथा सफल चलचित्रकर्मी प्रदिप भारद्वाजले अब चलचित्र निर्माण गर्ने भएका छन् । चलचित्र निर्माणमा पहिलो पटक हात हाल्न लागेका भारद्वाजले गत बिहिबार मात्रै चलचित्रको टाईटल दर्ता गराउनु भएको थियो । उनले निर्माण गर्न लागिएको चलचित्रको नाम हो ूचलेछ बतास सुस्तरीू हो जुन चलचित्र हाल प्रि–पोडक्सनमा रहेको छ । अरुण फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने यस तेश्रो चलचित्र ूचलेछ बतास सुस्तरीूको लागि भने निर्देशनको जिम्मा कसलाई दिने यो बारे अहिले केहि नबताउने उनले भने । चलचित्र लेखनमा लामो समय देखि काम गर्दै आएका लेखक प्रदिप भारद्वाजले निर्माण गर्ने चलचित्र ूचलेछ बतास सुस्तरीू मा प्रमुख अभिनय गर्ने नायक नायिका पनि अबको केहि दिनमा फाईनल गर्ने उनले बताएका छन्  ।
बिकाश चौधरी र सन्तोष रजौरेको संगीत र प्रदिप भारद्वाजको शब्द रहने यस चलचित्रको गत शुक्रबारबाट गित रेकडिङ कार्य पनि सुरु भएको  छ। चलचित्र म्युजिकल लवस्टोरी कथामा बन्ने बताईएको यस चलचित्रलाई प्रदिप आफैले लेखेका हुन् । नेपाली चलचित्र नगरीमा सफल एउटा चलचित्र निर्माता बन्ने अभिप्राय र सफल चलचित्र बनाउने आफ्नो योजनाले गर्दा पनि चलचित्र निर्माण गर्न लागेको बताए लेखक प्रदिप भारद्वाजले । चलचित्रको बारेमा कुरा गर्दै उनले भने ूअहिले हामीले चलचित्रको निर्देशक र संगीतकार मात्र फाईनल गरेका छौ चलचित्र अरु कलाकारहरु र प्राविधिकहरुको फाईनल भने केहि दिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिने छौ .

pradip bhwardwaj

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु