भाषाभाषीमा गुरुङ चलचित्र अगाडि, मौलिकतासहित शिक्षा प्रणालीमा जोड दिन आग्रह

म्यूजिक खबर
प्रकाशित: १३ असार २०७४, मंगलवार

असार १३, काठमाडौं । नेपालमा धेरै जातजाती भाषाभाषिका समुदाय बसोबास गर्छन्, आ–आफ्नो जातजाती अनुसार धर्म संस्कृति भाषा तथा रितिरिवाज अनुसार मौलिक कला संस्कृति पस्कने गरेका हुन्छ । मनोरन्जन क्षेत्रमा समेत आफ्नो भाषा र संस्कृतिलाई पस्कने परम्परा सदियौंदेखि चलिआएको छ । गीत संगीत, चलचित्र, नाटक जस्ता विभिन्न माध्यमद्वारा मनोरञ्जनलाई पस्कँदै आएका जातजाति, भाषाभाषीहरुमा गुरुङ अर्थात् तमु समुदाय सबैभन्दा अगाडि रहेको पाइएको छ ।

MG_6297

यसैबीच काठमाडौँमा तमु (गुरुङ) कलाकार संघको आयोजनामा गुरुङ भाषा, संस्कृति, परम्परा चलचित्र निर्माण तथा विकास बारे एकदिने विचार गोष्ठी आयोजना गरी गुरुङ भाषा, कला संस्कृतिको विकास, विस्तारका बारेमा प्रष्ट पारिएको छ ।
चलचित्र विकास वोर्डको सहकार्यमा नेपाल सरकार सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको प्रमुख आथित्यमा आयोजित उक्त गोष्ठीमा आदिवासी चलचित्रसंग सम्बन्धित विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो । यस्तै कार्यक्रमको बिशेष अथितीमा चलचित्र विकास बोर्डका सदस्य सचिव गुणराज श्रेष्ठ तथा तमु ह्युला गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ रहेका थिए ।

gurung
तमु ह्युल गुरुङ राष्ट्रिय परिषदको सभाहलमा आयोजित उक्त कार्यक्रममा अथिति रहेका चलचित्र कर्मी निर्देशक नबिन सुब्बाले एउटा कोठामा बसेर कथा लेखेर होइन गाउँ गाउँमा पुगेर कथा र पात्रत्रको अनुसन्धान गरेर मौलिक संस्कृतिमा चलचित्र बनाउनु पर्ने बताए ।

ganesh
यस्तै आदिवासी चलचित्र प्रबद्र्धन समितिका तर्फबाट चलचित्र निर्माता ज्योतिराज राईले नेपालमा भएका आदिवासी जनजातीमध्ये गुरुङ समुदायले धेरै चलचित्र निर्माण गर्ने गरेकोमा खुशी ब्यक्त गर्दै समय समयमा मौलिक चलचित्र निर्माण र विकासबारे कार्यशाला गोष्ठीको आयोजना र चलचित्र प्रबर्दनमा जोड दिनु पर्ने बताए ।

MG_6595

यस्तै गुरुङ कलाकार, संगीतकार तथा गायक कृष्ण गुरुङले चलचित्र सफल हुनलाई गीत संगीतको भूमिका अहम हुने भन्दै मौलिक चलचित्रमा मौलिक गीत तथा संस्कृति अनिवार्य झल्कनु पर्ने तर्क राखेका थिए । तमु ह्युला गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले अब गुरुङ चलचित्रले लाहुरे प्रथा भन्दा शिक्षा प्रणालीलाई समेटेर चलचित्र निर्माण गर्नु पर्नेमा जोड दिए ।
तमु (गुरुङ) कलाकार संघका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गुरुङ भाषाको गीतमा समेत अतिथि र सहभागीहरुले ऐकबद्धता जनाउँदै नाचेर कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रमलाई संघका महासचिव लोकप्रिय गायक गणेश गुरुङले सञ्चालन गरेका थिए ।

MG_6452

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु