भुसनलाई शंका लाग्छ अल्याको

म्यूजिक खबर
प्रकाशित: २१ मंसिर २०७१, आईतवार

काठमाडौं । गायक भुसन लामालाई आफ्नी प्रेमी अल्याको निकै शंका लाग्छ रे । उनलाई आफ्नी प्रेमीको विश्वास नै रहेनछ भन्ने यहाँ प्रष्ट हुन्छ किनकी सधैं शंका मात्र गरिरह्यो भने प्रेममा सफलता प्राप्त गर्न सकिँदैन । गायक भुसन र अल्याको प्रेम पनि शंकाकै घेरामा रहेको छ ।
गायक भुसन लामाको पछिल्लो गीतिसंग्रह शंका लाग्छको म्यूजिक भिडियो निर्माण गरिएको छ । भुसनकै शब्द, संगीत र स्वर रहेको म्यूजिक भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गरेका हुन् । करिब दर्जनभन्दा बढी म्यूजिक भिडियोमा निर्देशन गरिसकेका पासङले निर्देशन गरेमध्ये धेरै आशा लिएको म्यूजिक भिडियो शंका लाग्छ भएको बताएका छन् । सांगीतिक करिअरमा धेरै म्यूजिक भिडियो निर्देशन गरेर विभिन्न अवार्डहरुमा उत्कृष्ट पाँचसम्म पर्ने गरेका पासाङ निर्देशनमा निकै ध्यान दिएर काम गर्ने गर्छन् । शंका लाग्छलाई अमृत सुनुवारले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । यस म्यूजिक भिडियोमा गायक भुसन लामा र अल्या गिरीको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई सानेपाको इन्टरनेशनल क्लबमा छायाँकन गरिएको हो ।

sn

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु