मदर टेरेसा भन्दा पोर्न स्टार प्रेरणादायी : निर्देशक बर्मा

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७२, बिहीबार

टोरी ब्ल्याक अमेरिकाकी पोर्न स्टार हुन् भने मदर टेरेसा परोपकारी समाजसेवी हुन् । यदि कसैले यी दुईबीचमा एकलाई मात्र रोज्ने अवसर पाउँछ भने निःसन्देह परोपकारी मदर टेरेसालाई छान्नेछ । तर बलिउडका चर्चित निर्देशक रामगोपाल बर्माले समाजको सुधारक र अनुशासित मार्गमा हिंड्ने मदर टेरेसा भन्दा भड्किलो दृश्यमा कामुक अभिनय गर्ने टोरी ब्ल्याकबाट बढी प्रेरणा पाएको बताएका छन् । आफ्नो अटोबायोग्राफी किताब ‘‘गन्स एन्ड थाइसस् द स्टोरी अफ माइ लाइफ’ सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन। उनले भने, ‘मदर टेरेसालाई म राम्रोसंग चिन्दिन, किनकी मैले परोपकार अरुको कल्याणको लागी काम गरेको छैन। त्यसैले म मदर टेरेसा भन्दा बढी पोर्न स्टार टोरी ब्ल्याकबाट प्रभावित छु।
वर्माले भने, ‘मैले टोरीको एक अन्तर्वार्ता हेरको थिएँ, जसमा उनले पोर्नको दुनियाँमा जाने बारे कुरा गरेकी थिइन्। मैले टोरी भन्दा सच्चा अरु देखेको छैन। पोर्न इन्डस्ट्रीमा काम गर्नेहरुलाई मानिस हिन नजरले हेर्छन। यस्तोमा आफैलाइ पोर्न इन्डस्ट्रीसंग जोडेर कुरा गर्न निकै हिम्मत चाहिन्छ। त्यसैले म उनीलाइ हिम्मतवाली मान्छु। मलाई यो मान्न कुनै समस्या छैन कि म पनि पोर्न हेर्छु। टोरी लगायत बलिउड नायिका उर्मिला मातोडकर, चीनका स्टा ब्रुस ली, अमिताभ बच्चन र केही ग्याङस्टारलाई पनि राम प्रेरणाको स्रोत मान्छन्।

ramgopal_mother teresa_tori

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु