मदानीमा फूलमान र ‘महाभारतकी मैच्याङ’

म्यूजिक खबर
प्रकाशित: २७ मंसिर २०७०, बिहीबार

काठमान्डु–
जाडोमा हिटर
र गर्मीमा एसी चलाउँछ
पसिनाको गन्ध नै थाहा हुँदैन उसलाई
त्यसैले ऊ
पसिना बगाउनेलाई हेप्छ
तिमी जेसुकै भन
काठमान्डुलाई म
छातीमा बोक्नै सक्दिन“
बरु, शहरदेखि
हज्जारौ माइल टाढा
गाउ“को यही आरु र नासपातीको बोटमुनि बसेर
काठमान्डु विरुद्ध
अर्को विद्रोहको तयारी गर्दैछु ।

ह“सिलो अनुहार बोकेर एकल कविता बाचनका लागि स्टेज उक्लेका कवि फूलमान वल निकै विद्रोही देखिए । ‘काठमान्डु बिरुद्ध’ शिर्षकको कविता सुुनाउ“दै गर्दा धेरैले काठमाडौंको राजनीति, हैकमवादी चरित्र र त्यसले निर्माण गरेको मनोविज्ञान विरुद्ध ताली बजाए । दोस्रो संविधानसभाको निर्वाचन समेत भएर नया“ सरकार बन्ने स्थितितिर मुलुक गइरहेको बेला उनले कविता मार्फत केन्द्रिकृत शासकीय मनोबृत्ति माथि व्यंग्य गरे ।

मदानी साहित्य समूहले घोराहीमा आयोजना गरेको ‘कवि फूलमान र महाभारतकी मैच्याङ’ शिर्षकको कविता सुन्ने कार्यक्रममा स्रँेताहरुले कवितास“गै विद्रोह र भावुकता मिसाए । जनताको आ“गनमा आउ“दा एउटा चरित्र र भोट लिएर जितेर गइसकेपछि अर्को चरित्र देखाउने प्रबृत्ति विरुद्ध उनी भन्दै थिए–
काठमान्डुमा क्रान्तिकारी पस्छ– गद्धार बनेर निस्कन्छ
काठमान्डुमा राजनेता पस्छ– तस्कर भएर निस्कन्छ
काठमान्डुमा प्रेमी पस्छ– नकचरो बनेर निस्कन्छ
काठमान्डुमा कवि पस्छ– बलात्कारी भएर निस्कन्छ
क्रान्तिकारी गद्धार कि गद्धारहरु क्रान्तिकारी ?
राजनेता तस्कर कि तस्करहरु राजनेता ?
प्रेमी नकचरो कि नकचरोहरु प्रेमी ?
कवि बलात्कारी कि बलात्कारीहरु कवि ?
उल्टो सुल्टो
सुल्टो उल्टो
बुझिनसक्नु छ काठमान्डुलाई
लाज पचाएको
चरित्रहीन काठमान्डु

एक दशक अघि ‘काजोल खातुन’ नामक कथा संग्रह निकालेपछि केही अघि ‘महाभारतकी मैच्यांङ’ कविता संग्रह बजार ल्याएका उनले एकल वाचनको शुरुवात भने ‘दशैं आयो’ कविताबाट गरेका थिए । यसमा पनि उनले राजनीतिक व्यंग्य कसेका थिए । यसपछि उनले ‘पहाड र जुन’, ‘कुकुर’, ‘संझना’, ‘प्रेम’, ‘भ्यालेन्टाइन डेको जुन’, ‘महाभारतकी मैच्याङ’ लगायत डेढ दर्जन कविता सुनाए । प्रेम, राजनीति, समाज र समसामयिक परिस्थिति समेटिएको कविताहरु बाचन गर्दै जा“दा उनी रचना गर्भ समेत सुनाउ“थे, त्यही भएर पनि उनले समय गएको पत्तै नहुने गरि डेढ घण्टा स्टेज होल्ड गरे ।

कविता सुन्न काठमाडौबाट घोराही पुगेका कवि तथा गितकार रमेश क्ष्ँितिज पनि निकै वेचैन भए । ‘वलका कविताले मलाई निकै वेचैन बनायो । किड्ने बेच्नेहरुको कथा र दोस्रो जुनी कविताले लामो समयसम्म तरंगित पारिरहेको छ,’ उनले भने,‘हामी बा“चेको समयको प्रतिविम्व कवितामा हुनुपर्छ । त्यो कुरा वलका कवितामा छ ।’
नेपाली साहित्य यति समृद्ध छ भन्ने उदाहरण वलका कविता बनेको क्षितिजले बताए । ‘नेपाली समाजको असल चित्रण छ । ठूलो उपन्यासमा अट्ने कथा कविताले बोकेका छन्,’ उनले भने, ‘आफ्नो सभ्यता, स“स्कृतीका मौलिक रंग छन् । अत्यन्त गम्भिर कुरा सरल तरिकाले उठाइएको छ । यि अति शक्तिशाली कविता हुन् ।’
सबैले मन पराएपछि वलको ‘काठमाडौं विरुद्ध’ र ‘प्रेम र किड्नी’ कविता दोहो¥याएरै बाचन गर्नु पर्यो । जिविका चलाउन किड्नी बेच्न बाध्य काभ्रेको होक्सेगाउ“बासीको पिडा समेटिएको ‘प्रेम र किड्नी’का लाइनहरु सुन्दै गर्दा स्रोताहरु साह्रै गम्भिर भए—
पर्खि,
मद्रासबाट
हाम्रो आप्पालाई त फर्किन देउ
किड्नी बेचिल्याएको पैसाले
हामी पनि
घरको छानो फेर्नेछौं
र, म पनि तिमीलाई
बुट्टे रुमाल किनिदिनेछु
बुट्टे रुमाल †
समिक्ष्ँक टिकाराम उदासीले नेपाली समाजका लुकेका र छुटेका पक्ष्ँलाई कवितामा उजागर गरिएको बताए । ‘वलका कवितामा तामाङ समुदायको संस्कार, सा“स्कृतिक र इतिहास जिवित छ । आदिवासी जनजातीभित्रको लुकेको पाटो बाहिर आएको छ,’ उनले भने,‘यि कविता उपेक्ष्ँितहरुका आवाज हुन् ।’
अन्य समिक्ष्ँकहरु केएल पिडित र वसन्तविवश आचार्यले पनि कवितामा सवाल्टर्न अर्थात समाजका दोस्रो दर्जाका आवाजलाई सशक्तढंगले प्रस्तुत गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु