मनसुनको अवसरमा बुलेट चल्दै

म्यूजिक खबर
प्रकाशित: ६ असार २०७३, सोमबार

आफ्नै होम प्रोडक्सन श्रेष्ठ इनटरनेशनलको व्यानरमा निर्माण भएको पछिल्लो चलचित्र ‘बुलेट’लाई यही मनसुनको सुरुवात संगै लिएर आउँदैछन् कलाकार दिलकृष्ण श्रेष्ठ । लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा स्थापित हुने कोशिसमा रहेका दिल कृष्ण श्रेष्ठका यस अघिका ‘तिमी जहाँ भएपनि’, ‘लुट कम्पनी’ जस्ता चलचित्र प्रदर्शनमा आईसकेका छन् भने उनिद्धारा अभिनित चलचित्र ‘हिरोज’ र ‘बुलेट’ भने प्रदर्शनमा आउनै लागेका चलचित्र हुन् । ‘बुलेट’ दिलकृष्णको होम प्रोडक्सनमा वनेको चलचित्र हो ।

IMG_3697
नेपालमा फिल्म बनाउन भन्दा प्रदर्शन गर्न महाभारत हुने नेपाली सिनेमा उद्योगमा महाभारत युद्धका योद्धा झैं अनुभव भइरहेको अभिब्यतिm दिैदै चलचित्रको प्रदर्शन मिती र फस्ट लुक सार्वजनिक गर्ने तयारीमा लागिरहेको बताएका छन् ।
ग्राफिक्स एनिमेशनको उच्च प्रयोग भएको चलचित्र बुलेटको प्राविधिक कार्यको लागि मात्र दुइ बर्ष लागेको बताए । हाल यस फिल्म को रेन्डरीङ्ग कार्य दुबइमा भइरहेको छ । शारदा श्रेष्ठको दोश्रो प्रस्तुती भुवन पराजुलीको निर्माण रहेको यस चलचित्रमा दिल कृष्ण को प्रमुख भुमिका रहेको छ । बुलेटको पोष्ट प्रोडक्सनको समय अवधिभर दिल कृष्णले एन वि महर्जनको निर्देशनमा बनेका चलचित्र हिरोज र आरोहि गिरि द्घारा निर्मित सरकार मा समेत गर्न भ्याएका छन । दिलकृष्ण अभिनित यि दुइ चलचित्र पनि यहि मंसिर भित्र प्रर्दशन आउने जानकारी गराए । एक्सन रोलमा आफुलाइ सशक्त रुपमा प्रसतुत गर्दै आएका दिलकृष्ण ले तिनै वटा चलचित्रमा फरक तथा सशक्त अभिनय गरेको बताएका छन् । पछिल्ला समयमा एक्सन हिरोहरुको खडेरी लागिरहेको अवस्थामा श्रेष्ठले एक्सन हिरोको कमिलाई पुरा गर्ने अपेक्षा इण्डष्ट्रिले राखेको छ ।

IMG_3815 (1)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु