मनीषा फिल्ममा फर्किने

म्यूजिक खबर
प्रकाशित: ६ भाद्र २०७१, शुक्रबार

काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले पुनः अभिनय गर्ने भएकी छिन् । उनले बलिउड निर्देशक शशिलाल नायरसँग नयाँ फिल्ममा काम गर्न लागेकी हुन् । फिल्ममा मनीषाले काम गर्ने औपचारिक छिनोफानो नभए पनि उनले नायरसँग मिलेर काम गर्ने लगभग तय भएको छ ।
नायरले अभिनेत्री मीनाकुमारीको जीवनमाथि आधारित फिल्म बनाउने योजना बनाएका थिए । यस फिल्मको मुख्य भूमिका मनीषा कोइरालालाई सुहाउने भन्दै उनले मनीषालाई प्रस्ताव राखेका थिए । मनीषा प्रस्तावप्रति सकारात्मक भएको बताइएको छ । अब केही समयपपछि उनलाई छायांकनमा व्यस्त रहेको देख्न पाइने उनीनिकट स्रोतको दाबी छ ।
मनीषानिकट स्रोत भन्छ, ‘निर्देशक नायरले मनीषासँग नयाँ फिल्मको प्रस्ताव गरेका थिए । उनले सकारात्मक प्रतिक्रिया दिएकी छिन् । फिल्ममा काम गर्ने पक्कापक्कीजस्तै भएको छ ।’

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु