मलेसियामा कोहिनूरको सफल व्यापार

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७१, सोमबार

मलेसिया । चाइनिज न्यू इएरको छेको पारेर मलेसियामा प्रदर्शन गरिएको नेपाली कथानक चलचित्र कोहिनूरले सफल व्यापार गरेको छ । नेपाल म्यूजिक सेन्टर र नेपाल टे«डिङको आयोजनमा मलेसियामा कोहिन”रलाई प्रदर्शन गरिएको थियो । श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्रका रुपमा नेपालमा ब्लक बस्टर व्यापार गर्न सफल भएको चलचित्र कोहिनूरले सम्प”र्ण नेपालीहरुको मन जित्न सफल भएको थियो । नेपाल र नेपाल बाहिर सफल रुपमा प्रदर्शन सफल रहेको चलचित्र कोहिनूरको मलेसियाका राजधानी क्वलालम्पुर अन्य शहरहरुमा सफल प्रदर्शन भएको थियो । हलहरु हउसफूल भएर दुई दुई शोसमेत चल्न सफल भएको आयोजक संस्था नेपाल म्यूजिकका नितुन ग्याल्जेन लामाले जानकारी दिए ।
फेब्रुअरी १५ मा क्वालालम्पुरको केएलसीसीमा भएको दुई शोमा हाउसफूल भएपछि अन्य शहरहरुमा पनि नेपालीहरुको उत्साहमा कमी आएन । मलेसियाको कलाङ, जोहोरबारु, रावाङ लगायतका स्थानमा नेपालीहरुको चाप बढ्दो थियो । कोहिनूर प्रदर्शनको सबै ठाउँमा सफलता हासिल गरेपछि आयोजक लामाले सबैलाई धन्यवाद दिएका छन् । उनले श्रद्धापूर्वक श्रीकृष्ण श्रेष्ठलाई सम्झँदै श्वेता खड्का लगायत सम्पूर्ण कोहिनूरका टिमलाई धेरै आभार प्रकट गरेका थिए ।
त्यस्तै कोहिनूर प्रदर्शनमा सहयोग पु¥याउने जेबीका संयोजक सुरेश घिमिरे, माधव श्रेष्ठ, हरि भट्टराई, बातुपहातका योगेन्द्र कोइराला, सन्तोष कार्की, रावाङका पूर्ण लिम्बू, नेपाली राजदूताबास, एनआरएन मलेसियाका अध्यक्ष शंकर बहादुर पौडेल, दीपक तामाङ, सरोज वाइवा लगायत सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिँदै लामाले आगामी दिनमा पनि नेपाल र नेपालीको लागि सदैव आफू तयार रहने बताएका थिए । सबै सहयोगीहरुकै साथ र सहयोगले नेपाली चलचित्र कोहिनूर सफलतापूर्वक प्रदर्शन गर्न पाएकोमा स्व.नायक श्रीकृष्ण श्रेष्ठलाई दिएको वचन पूरा भएको नेपाल टे«डिङका जयराम तिमिल्सिनाले बताए । चलचित्र प्रदर्शनको क्रममा कोहिनूरकी नायिका श्वेता खड्का मलेसिया गएकी थिइन् ।

seta kkk ko koho kohinoor

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु