मलेसियामा प्रदर्शन हुँदै कोहिनूर

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०७१, आईतवार

स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठद्वारा अभिनित चलचित्र कोहिनूर आउँदो फेब्रुअरीको ८ तारिखदेखि २२ तारिखसम्म मलेसियाको क्वालालम्पुर र जोहोरबारू लगायतका स्थानमा प्रदर्शन गरिने भएको छ । एनएमसी युनिभर्सल, नेपाल ट्रेडिङ र एमएसले चलचित्र कोहिनूर प्रदर्शनको जिम्मा लिएका हुन् भने हटलिङ्कले स्पोन्सर गरेको छ ।
फेब्रुअरी ८ मा केएलसीसीको टीजीभी सिनेमा हलमा भिआइपी शो गरेर कोहिनूरको मलेसिया प्रदर्शन सुरुवात गरिने एनएमसी युनिभर्सलका डाइरेक्टर नितुप ग्याल्जेन लामाले जानकारी दिए । त्यसपछि १९ फेब्रुअरीदेखि २२ सम्म क्वालालम्पुरको केएलसीसी ट्विन टावरमा रहेको टीजीभी सिनेमा हल, जोहोरबारुको क्याथे सिनेप्लेक्स सिटी स्क्वायर, बातुपहात जोहोरको ल्याण्डमार्क होटल, कलाङको सेन्टरप्वाइन्टमा रहेको लोटस फाइभ स्टार, सुवाङजयास्थित जीएससी सिनेमा हलमा कोहिनूरको प्रदर्शन गरिने भएको छ ।
कोहिनूर नेपालमा चर्चा कमाएकै कारण यहाँ प्रदर्शन गरिन लागेको हो भन्ने प्रश्नमा नेपाल ट??ेडिङ जयराम तिमिल्सिनाले भने – ‘चलचित्र निर्माणअघि नै नायक श्रीकृष्णलाई हामीले मलेसियामा प्रदर्शन गर्ने वचन दिएका थियौं । उहाँलाई दिएको वचन र उहाँप्रतिको सम्मानमा मात्र यो चलचित्र मलेसियामा प्रदर्शन गर्न लागिएको हो ।’

photos 003
नेपालमा ब्लकबस्टर भएको ‘कोहिनूर’ले बिदेशी मार्केटमा समेत राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । आकाश अधिकारी निर्देशित यो चलचित्रमा श्रीकृष्णको साथमा श्वेता खड्का मुख्य भूमिका छ । शंकर श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ, शम्भू श्रेष्ठ र श्वेता खड्काको संयुक्त निर्माणमा तयार भएको कोहिनूर एउटा नेपाली चेलीलाई भारतमा बेचिएपछिका विभिन्न घटना परिघटनाहरुलाई पर्दामा उतारिएको छ ।
कोहिनूर प्रदर्शन अभियानलाई आइपी धनकुटे एसडीएन बीएचडी, दर्शन नमस्ते रेष्टुरेन्ट, द गोर्खा रेष्टुरेन्ट, पर्वत कास्की रेष्टुरेन्ट, आरके स्टोर एसडीएन बीएचडी, मालिङ्गो रेष्टुरेन्ट, ग्रीनल्याण्ड रेष्टुरेन्टलगायतले सहकार्य गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु