महानायक राजेश हमाल ५३ औं बसन्तमा प्रवेश

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं । अग्लो कद, लामो कपाल र बोल्ड भ्वाइसका कारण कलाक्षेत्रमा भित्रिने अन्य कलाकार भन्दा बिल्कुलै भिन्न पहिचान बनाएका हमालका ‘यो हात साथीको लागि सलाम, दुश्मनको लागि फलाम हो’ भन्ने संवाद र ‘शंकर हुँ म शंकर’ भन्ने जस्ता चलचित्रका केही सम्वाद वर्षौं भइसक्दा पनि दर्शकका मन मस्तिस्कमा ताजै छन् । पछिल्लो समय उनलाई लिएर जोक पनि बन्ने गरेका छन् ।

rajesh
नायक राजेश हमाल विहिबारदेखि ५३ वर्षमा लागेका छन् । वि.सं. २०२१ साल जेठ २७ मा तानसेनमा जन्मेका नायक हमाल चलचित्र ‘युगदेखि युगसम्म’ बाट अभिनयमा प्रवेश गरेका थिए । आफ्नै मामा दिपक रायमाझी निर्देशित चलचित्र ‘युगदेखि युगसम्म’बाट फिचर फिल्ममा प्रवेश गरेका हमालले पहिलो चलचित्रबाटै अत्याधिक चर्चा पाए । अभिनयमा प्रवेश गर्नुअघि भारतबाट प्रकाशित फेशन नेट म्यागजिनमा उनले फोटा शेसन गरेका थिए भने काठमाडौंमा सम्पन्न केहि फेशन शोमा र्याम्प मोडलिङ समेत गरेका थिए । ३०० को हाराहारी चलचित्रमा अभिनय गरेका हमाल पछिल्लो समय अभिनयमा त्यति सक्रिय छैनन् ।

एक समयका सर्वाधिक चर्चित नायक मानिने गरेका हमालले धेरै निर्मातालाई धनी बनाए होलान् । उनले काम गरेका चलचित्रको सूची असाध्यै लामो छ । राजेश हमालले काम गरेका अधिकांश चलचित्रमा उनी गरिब गाउँले युवकको भूमिकामा देखिएका छन् । ‘युगदेखि युगसम्म’ देउता बसन्ती अल्लारे लगायतका चलचित्र राजेश स्वयं आफूलाई मन नपर्ने बताउँछन् । उनले अभिनय गरेका चलचित्रको व्यापार कमजोर हुँदा पनि उनको करिअरमा असर परेन । फुर्सदको बेला किताब पढ्न रुचाउने हमाललाई ‘विद्वान नायकको रुपमा पनि चित्रित गरिएको पाइन्छ ।

rajesh11

Rajesh Hamal with his wife Madhu Bhattrai

काठमाडौं होस् वा काठमाडौं बाहिर सुटिङमा जाँदा उनको साथमा पुस्तक कहिल्यै छुुट्रदैन । वर्षको एकपटक भुम्न भन्दै अमेरिका वा बेलायत जाने गरेका महालको एक समय नायिका करिश्मा मान्धरको ‘रिललाइफ रोमान्सको निकै चर्चा हुन्थ्यो । ‘युकयुकी, अल्लारे, यो मायाको सागर, साथी, बसन्ती लगायतका चलचित्रमा उनले करिश्माको जोडी बनेर अभिनय गरेका छन् । केही महिलाहरुसँग समेत उनको नाम जोडिने गरेको पनि थियो । ५० वर्षको उमेरमा उनले मोडल मधु भट्टराईसँग प्रेमविवाह गरेका थिए । पछिल्लो समय उनले आफ्नो जन्मदिन बृद्धाश्रम र अनाथ बालबालिकाको बिचमा मनाउने गरेका छन् । बालबालिकासँग सम्बन्धित विभिन्न संघसंस्थालाई आर्थिक सहयोग समेत दिने गरेका छन् ।

rajesh hamal-birthday
नेपाली चलचित्रका महानायक राजेश हमालको व्यक्तित्व र अभिनयको बारेमा हामीले शब्दमा बर्णन खोज्यौं भने कुनै न कुनै कुरा छुट्न सक्छ । किनकी उनले कला क्षेत्रको बिकास र कलाकारितालाई सफल रुपमा अघि बढाउनमा अतुलनिय योगदान गरेका छन् । कलाकारिताको बिकासमा समर्पित नायक राजेश हमाल आजबाट ५३ औं बसन्तमा प्रवेश गरेका छन् । नेपाली सिनेमाका यी चर्चित नायकलाई म्युजिक खबर परिवारका तर्फबाट जन्मदिनको लाखौंलाख शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु