माग्ने बुढा टिमको हाँस्य ऋंखला ‘उकुसमुकुस’ को प्रसारण शुरु

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७८, आईतवार

काठमाडौं । निर्माता र कलाकारका लागि युट्युबमा दर्शकको सहज पहुँच र उपस्थितिको फाइदा उठाउँदै अचेल हास्य प्रधान शृंखला निर्माण बढ्न थालेको छ। यसै सन्दर्भमा युट्युबमा नयाँ हास्य शृंखला ‘उकुसमुकुस’ को प्रसारण सुरु भएको छ। कार्यक्रमको पहिलो भाग हिजो बुधबार आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट प्रशारण भएकोे हो।

‘उकुस मुकुस’ हरेक बुधबार साँझ प्रसारण हुने निर्माता नहकुल भट्टराईले जानकारी दिए। दीलिप तामाङ ‘हुरहुर’ को निर्देशनमा तयार भएको शृंखला गोेल्ड फिल्म्सले प्रस्तुत गरेको हो। केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ को संवाद रहेको सिरियलमा दिलिपको नै कथा छ । श्रृङ्खलाकी निर्देशक सितादेवी तिमल्सेना हुन्।

राहुल राईले छायांकन गरेको शृंखलाको पहिलो भागमा टिकटक एपको क्रेज र यसका राम्रा(नराम्रा दुबै पाटोलाई देखाइएको छ।

यसमा जयनन्द लामा, भुइसाल लामा, दीलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, वेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बालकलाकार सोहन थापाको अभिनय छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु