माझि वस्ती निर्माण सहयोगार्थ ‘कान्छी म्युजिकल नाइट’ हुने

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७४, सोमबार

माघ २२, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको भ्याडीटोलमा निर्माणाधीन माझी बस्ती निर्माणमा सहयोग जुटाउन का लागि स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित ‘श्वेता श्री’ फाउण्डेशनले माघ २३ गते ‘कान्छी म्युजिकल नाइट २०१८’ आयोजना गर्ने भएको छ । पाँच तारे होटल अन्नपूर्णमा आयोजना हुने कार्यक्रममा फागुन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’ टिमसहित नेपालि फिल्मका थुप्रै व्यक्ति सहभागी हुने छन् ।

 

कार्यक्रममा श्वेतासँगै अभिनेता दयाहाङ राई, चर्चित गायिका अञ्जु पन्त, संगीतकार तथा गायक राजनराज सिवाकोटी, हाँस्यकवि शैलेन्द्र सिम्खडा, गायक युवराज चौंलागाईं, कमेडियन सन्दिप क्षेत्रीले गायिका माण्डवी त्रिपाठी, संगीतकार तथा गायक अर्जुन पोखरेल, गायक धर्मेन्द्र सेवन, हाँस्यव्यांग्य कलाकार जितु नेपाल, निर्देशक आकाश अधिकारी, वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, मरिस्का पोखरेल, जेविका कार्की तथा नायक विनोद न्यौपानेको पनि विशेष प्रस्तुती रहने कार्यक्रम छ ।

यम थापाले लेखेको फिल्मलाइ पुरुश्वतम प्रधानले खिचेका हुन भने आकाश अधिकारीले निर्देशन गरेका हुन् । आकाशले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम फिल्म ‘कोहिनूर’को पनि निर्देशन गरेका थिए । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा ५० दिन खिच्दै फिल्मको छायांकन सकिएको हो । दयाहाङ राई ,स्वेता खड्काको अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु