माण्डवीले ल्याइन् २ मौलीक तीज गीत (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०७३, बुधबार

सविता पोखरेल


mandabi_tripathiपछिल्लो समय नेपाली गीत संगीतको बजार तीजमय बनेको छ । यद्यपी सयौंको संख्यामा तीज गीत बजारमा आएता पनि वास्तविक तीज गीत भने सुन्न र भेट्न निकै नै कठिन रहेको छ । रातो सारी लाएर नाच्दैमा तीज गीत हुनसक्दैन । न त रत्यौली खेलेका गीतलाई तीज गीत मान्न सकिन्छ । तीजकै गरिमामा नोक्सानी पू¥याईरहेका गीतहरुको भिडमा पनि गायिका माण्डबी त्रिपाठीले भने २ वटा तीज गीत निकालेकी छिन् । तिजको छेको पारेर गीत संगीतको क्षेत्रमा नकारात्मक गतिविधि भईरहेको अवस्थामा नेपाली गीतसंगीतको क्षेत्रमा करिब डेढ दशकसम्म निरन्तर योगदान पूर्याएकी सुमधुर स्वरकी धनि गायिका माण्डवी त्रिपाठीले भने यसै वर्ष मौलिक शैलीका २ वटा तीज गीत बजारमा ल्याउनुलाई अत्यन्तै सह्रानीय मान्नु पर्दछ । आधुनिक तथा पाश्र्व गायनमा राज गरिरहेकी गायिका त्रिपाठी लोक गायन मार्फत सांगीतिक धरातलमा पाइला टेकेकै कारणले पनि हुनुपर्दछ उनले निकालेका तीज गीतमा लोक फ्लेबर पाउन सकिन्छ ।

तिजको छेको पारेर भर्खरै बाहिर आएको , “यो तीजमा पनि कमरै भाच्ने हो…..!” तथा “म त ब्युटी नम्बर वन…………. ” गीतको बोलका यी दुवै जती सुन्यो उति सुनिरहुँ लाग्ने खालका छन् । चर्चित संगीतकार तथा एरेन्जर बिपिन आचार्यले यि दुवै गितमा निकै मिठो संगीत भरेका छन् भने दीपकराज पाठकको शब्द रहेको छ ।

हेर्नुहोस् भिडियो: म  त ब्युटी नम्बर वन

बजारमा भर्खरै बाहिर आएको ‘यो तीजमा पनि कमरै भाच्ने भो’‘ तथा “म त ब्युटी नम्बर वन ” गीतको बोलका यी दुवै गीतले नेपाली श्रोता तथा दर्शकहरुको मन जित्न सफल हुनेछ भन्ने विश्वास गायिका माण्डवी त्रिपाठीको रहेको छ ।

हेर्नुहोस् भिडियो:यो तीजमा पनि कमरै भाच्ने हो

दुबै गीत तीजको मौलिकता झल्काउने खालका छन । एम.बी. म्युजिक ले बजार ब्यवस्थापन गरेका दुबै गीतको भिडियो निर्देशन नायिका पबित्रा आचार्यले गरेकी हुन । भिडियोमा नायिका अनु शाह,पबित्रा आचार्य र गायिका माण्डबी त्रिपाठीको अभिनय रहेको छ। क्यमेरा दुर्गा पौडेल र सम्पादनमा बिष्णु शर्मा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु