मिस नर्स नेपाल बन्ने दौड

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७१, मंगलवार

काठमाडौं– नेक्स्ट मोडल्स नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको मिस नर्स नेपाल २०७१ को पहिलो अडिसन मंसिर ६ गते काठमाडौंमा सम्पन्न भएको छ । आज भएको अडिसनमा १२० जना सहभागीले भाग लिएको आयोजक संस्थाले जनाएको छ । अर्को अडिसन मंसिर १३ हुनेछ । आज सम्पन्न भएको अडिसनमा मध्यमान्चलका ६० नर्सिङ कलेज र अस्पतालमा कार्यरत नर्सहरु सहभागी थिए ।

प्रतियोगिताको पश्चिमाञ्चल अडिसन यही मंसिर १२ गते पोखरामा र पुर्वाञ्चल अडिसन १३ गते धरानमा हुने आयोजक नेक्स्ट मोडल्सले जनाएको छ । अन्तिम अडिसन भने काठमाडौंमा मंसिर १४ गते हुनेछ । युनिक्याम्पस एजुकेशन नेटवर्क पुतलीसडकको प्रायोजनमा हुने प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरिरहेका छन् । १० उत्कृष्ट नर्सले निःशुल्क आइएलटिएस तयारी कक्षाको सुविधा पाउनेछन् भने रोजगारीको समेत व्यवस्था गरिएको नेक्स्ट मोडल्सले जनाएको छ । अडिसनमार्फत् देशभरबाट छानिएका ४५ जनालाई एक महिना लामो प्रशिक्षण दिइने जनाइएको छ । १९ पुसमा फाइनल प्रतिस्पर्धा हुनेछ ।
अडिसनबाट छानिएकाहरुलाई महिला सशक्तिकरण, सामाजिक उत्तरदायित्व बहन, सञ्चारकलाको विकास, उद्घोषण तालिम, नर्सिङ पेशासंग संबन्धित तालिमलगायतका प्रशिक्षण दिइने आयोजक नेक्स्ट मोडल्सका प्रमुख रबि धमलाले जनाएका छन् ।

IMG_2307 IMG_2303 IMG_2231 IMG_2180 IMG_0907 IMG_0897 IMG_0877 IMG_0825 IMG_0799 IMG_0718 IMG_0689 IMG_0670 IMG_0668 IMG_0652 IMG_0645

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु