मोजमस्तीका लागि ‘मायाजाल’को नाटक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ असार २०७३, आईतवार

काठमाडौं । महिलाले चाहे एकैछिन पुरुषले चाहे बर्ष दिन भन्ने उखान टुक्का यहाँ पाईन्छ । यो एक यस्तो सत्य घट्ना हो जस्ले जो कोहिलाई पनि एक पल्ट सोच्न बिबस बनाउनेछ । श्रीमान विदेशमा आफु मोजमस्ती गर्न दुई बच्चाकी आमा युबती बनेर एक पुरुष लाई आफ्नो जालमा पार्न सफल भएकी छन् ।

sapana & yubraj

उस्ले त्यो पुरुषलाई बिबाह गर्ने आश्वासन दिएर बिस्तारै रकम तान्न थाल्छे । जब बिबाह गर्ने दिन तय हुन्छ अनि त्यो महिला पन्छिन्छे । अनि यो घटनाको पर्दा खुल्छ । शोहि घटनाको सेरोफेरोमा लघु चलचित्र ‘मायाजाल’ बनाईएको छ । एनएचएस मिडियाको प्रस्तुतिमा शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन रहेको छ ।

 

यो चलचित्रमा युबराज खत्री, सुरेस गुरुङ र असोक सुनारको छायांकन रहेको छ भने युबराज खत्रीको सम्पादन रहेको छ । चलचित्रमा सपना लामिछाने, युबराज खत्री, सुरेस गुरुङ र उषा बस्नेतको अभिनय रहेको छ । चलचित्र ‘मायाजाल’लाई एनएचएस मिडियाले आफ्नो युटुव च्यानल मार्फत सार्बजानिक गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु