म्यूजिक भिडियोमा व्यवसायी

म्यूजिक खबर
प्रकाशित: १४ भाद्र २०७०, शुक्रबार

क्वालालम्पुर । नेपाली भएर पनि मलेसियामा रहेर आफ्नो व्यापार व्यवसाय गर्दै आएका दुई जना व्यवसायी कृष्ण कुरुङ्गवाङ्ग र राजन लिम्बु अभिनित म्यूजिक भिडियो छिट्टै नै मलेसियन बजारमा आउने भएको छ । विज्ञान अर्यालको उत्पादन तथा दिनेश पाख्रिनको निर्देशनमा बनाइएको म्यूजिक भिडियो ‘तिमीलाई देखेर मुस्कराई रहें’ छिट्टै नै बजारमा आउन लागेको व्यवसायी कृष्ण कुरुङ्गवाङ्गले जानकारी दिएका छन् । साथै उनीहरुसँग अभिनय गर्नेहरुमा मोडल रिमा विक र सुष्मा कार्की रहेका छन् । पहिलोचोटी सम्पूर्ण भिडियो मलेसियामा मात्र छायांकन गरिएको सो भिडियोमा रहेका गीतहरु मर्मस्पर्शी र विदेशिएका नेपालीहरुलाई लक्षित गरी बनाइएको निर्देशक दिनेश पाख्रिनले जानकारी दिएका छन् ।
विदाई कार्यक्रम सम्पन्न
पेनाङ्ग । आजभन्दा करिब ५ वर्षअघि पेनाङ्गको जुरुमा रहेको एक कपडा रंग लगाउने कम्पनीमा काम गर्न आएका श्रमिक चन्द्रबहादुर कोइरालालाई विदाई गरिएको छ । यही १९ तारीखका दिन कम्पनीको होस्टलमा करिब २० जना श्रमिकहरुको सहभागितामा सम्पन्न सो कार्यक्रम निज कोइरालालाई विदाई गरिएको हो । विदाई गरिएका श्रमिक यसअघि नै स्वदेश फर्किसकेका छन् । उनी संखुवासभा निवासी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु