म चर्चाका लागि गीत गाएर उपहास गर्दिनँ

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७२, मंगलवार

नायिका रेखा थापा चर्चा बटुल्नकै लागि अनेकौं हर्कत गरेर आफ्नो चलचित्रलाई चलाउने गर्छिन् भन्ने आरोप यसभन्दा अघि लाग्ने गरेको भए पनि अहिले उनी गायिका भएर चलचित्र लालजोडीमा देखिँदै छिन् । चलचित्र लाजोडीका लागि गीत रेकर्ड गर्ने क्रममा उनले पत्रकारहरुसँगको प्रश्नमा भनिन् ‘म चर्चाका लागि गीत गाएर संगीतको उपहास गर्दिनँ ।’

पछिल्लो समय नायिकाहरु आफूलाई गायिका भन्दै युटुबमा चर्चा बटुल्न गीत अपलोड गरिरहेका बेला रेखा भने युट्युबका लागि म गीत गाउँदिनँ भन्छिन् । मैले जानेको मात्र गाउँछु, तर संगीतको उपहास हुने गरेर चर्चाका लागि गीत भने गाउँदिनँ रेखाले भनिन्– ‘मलाई चलचित्र लालजोडीको यो गीत सुहाउने भएकाले मात्र गाएको हुँ, चलचित्रको लागि मात्र पाश्र्व गायिकाको रुपमा गीत गाउनेछु ।’

rekha-thapa_pralhad timilsina
रेखाले पुतलीसडकस्थित आवर स्टुडियोमा चलचित्र लालजोडीको गीत रेकर्ड गरेकी हुन् । गायक प्रल्हाद तिमिल्सिनासँगको पाश्र्व गायनमा रेखाले ‘माँ कसम, माँ कसम’ भन्ने बोलको गीतमा स्वर दिएकी हुन् । थानेश्वर गौतमको संगीत, दिनेश सुनामको संगीत संयोजन रहेको माँ कसम बोलको गीत रंग पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन् । सुवेदीकै निर्देशनमा बन्न लागेको चलचित्र ‘लालजोडी’का लागि रेखाले आवाज दिएकी हुन् । लालजोडीमा सन्तोष श्रेष्ठ, टंक बुढाथोकीको संगीतमा गीत रेकर्ड भइसकेको छ । चलचित्रमा कलाकारहरु को को राख्ने भन्ने छनौट भइनसकेको भए पनि निखिल उप्रेतीको अभिनय रहने पक्का भएको निर्देशक सुवेदीले बताए ।

Singer-Rekha-pralhad
रेखाले योभन्दा अघि पनि चलचित्र ‘बर्षात’को एक गीतमा शंकर बिसीसँग स्वर दिएकी थिइन् भने आफ्नै निर्माणमा बनेको चलचित्र ‘रामप्यारी’मा संगीत दिएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु