‘म त अलपत्रै पर्छु’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७२, मंगलवार

प्रेम दिवसको अवसरमा प्रर्दशनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम गीत’को स्याड गीत सार्वजनिक भएको छ । चलचित्रको टाइटल गीतले देशभर चर्चा पाइरहेको बेला चलचित्रको स्याड गीत ‘म त अलपत्रै पर्छु’ सार्वजनिक गरिएको हो । स्वरुपराज आचार्य र अञ्जु पन्तको स्वरमा रहेको गीतका शब्द डा. कृष्णहरि बरालले लेखेका हुन् । अजुर्न पोख्रेलको संगीत रहेको गीतमा पुजा शर्मा र प्रदिप खड्का देखिएका छन् ।

गीतमा बिछोड पछिको सम्झना देखाउन खोजिएको छ । मायालाई आफ्नो जिबन सम्झेर बाच्ने जोडीहरु बिछोड जीवनलाई अधुरो ठान्छ । मायालु बिना आफुलाई अलपत्र सम्झन्छ । यो गीतले बोकेको छ ।

Untitled-1 copy

सुर्दशन थापाको निर्देशनमा तयारमा भएको प्रेम गीतलाई सन्तोष सेनले निर्माण गरेका हुन् । चलचित्रको शिर्ष गीत म यस्तो गीत गाउँछु गीत जस्तै दोश्रो गीतले पनि दर्शकको मन जित्ने निर्माण पक्षले अपेक्षा गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु