यशराजले ल्याए ‘बाडुली’

म्यूजिक खबर
प्रकाशित: १४ असार २०७४, बुधबार

असार १४, काठमाडौं । गीत संगीत भने पछि कस्लाई मन नपर्ला र ? यस्तै पछिल्लो समय छोटो समयमा नै नेपालि गीत संगीतमा आफुलाई केहि मात्रामा भए पनि स्थापित बनाउन सफल भएका नवगायक हुन् एस राज कुमार ।

baduli

यिनै गायक एस राज कुमारको नयाँ गीत ‘बाडुली’ सार्बजनिक भएको छ । गायनका साथ् साथै गीत लेखनमा पनि अब्बल देखिएका कुमार लाई यो गीतमा गायिका गायिका मेलिना राईले साथ दिएकि छिन् । थानेश्वर गौतमको संगीत रहेको यो गीतमा एस राज कुमार स्वयंमको शब्द रहेको छ भने राजन इसानको एरेन्ज रहेको छ ।

baduli_1

यस्तै यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई रबिन्द्र बरालले छायांकन गरेका छन् भने जीतेन्द्र राजोपाध्यायले सम्पादन गरेका छन् ।

भोला तिमिल्सिनाको निर्देशन रहेको भिडियोमा अमृता खनाल अनि एस राज कुमार आफैले अभिनय गरेका छन् भने भिडियो लाई एभरेस्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु