युकेमा आलाप–३ को म्यूजिक भिडियो छायाँकन

म्यूजिक खबर
प्रकाशित: ३१ श्रावण २०७३, सोमबार

युके । गायक कन्हैया सिंहको एल्बम आलाप–३ को एउटा गीतको म्यूजिक भिडियो युकेमा छायाँकन गरिएको छ । हलिउडको प्रिय सुटिङ स्थान रहेको ‘डुडल डूर बीच’को रमयणीय दृश्यमा नयाँ एल्बम आलाप–३ को गीत ‘तिम्रो मन बदलिएछ’ को म्यूजिक भिडियोलाई छायाँकन गरिएको हो ।

timro man team
फस्ट पी.एम. प्रोडक्सन युकेले निर्माण गरेको यस म्यूजिक भिडियोमा सुवास गुरुङ, कल्पना लिम्बू र प्रभु गुरुङको मायाप्रेमको त्रिवेणीलाई प्रस्तुत गरिएको छ । म्यूजिक भिडियोको निर्देशन चर्चित डाइरेक्टर मनोज गुरुङले गरेका छन् ।

timro man
तिम्रो मन बदलिएछलाई पत्रकार सुमन बैरागीले लेखेका हुन् भने चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । लोकप्रिय गायक कन्हैया सिंहको स्वरमा सजिएको यस गीत गायक सिंहको नयाँ एल्बम आलाप–३ मा समावेश गरिएको छ । यस गीतको म्यूजिक भिडियो सम्पादन कार्य भने नेपालमै हुने गायक सिंहले बताएका छन् ।

prabhu kanhaiya-anju kanhaiya1 copy kanhaiya

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु