युनिक र मायाको तिज गीत नाच माया

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७३, शुक्रबार

गायक युनिक केसी र गायिका माया केसीको तिज गीत ‘नाच माया’ बजारमा आएको छ । नाच माया गीतमा युनिक केसी, माया केसीको साथमा अनु ढकालको स्वर सजिएको छ । तिजकै सेरोफेरोलाई समेट्दै रमाइलो दोहोरी गीत प्रस्तुत गरिएको हो । अनु ढकालको लय रहेको यस तिज गीतलाई सुरज गैरेले लेखेका हुन् । विनोद बाजुरालीको संगीत संयोजन रहेको यस गीतको म्यूजिक भिडियोलाई भने केशव कोइराला र जितेन्द्र थापाले निर्देशन गरेका हुन् ।

teej uniq

जितेन्द्र थापा, युनिक केसी, माया केसी र अनु ढकालको अभिनय रहेको तिज गीतको म्यूजिक भिडियोलाई दीपक बमजनले सम्पादन एवं छायाँकन गरेका हुन् । तिजको बेला सारी लर्काउने र कम्मर मर्काउने कुरालाई यस गीतमा पनि समावेश गरिएको छ । पछिल्लो समय महिलाको तिजलाई पुरुषले पनि दोहोरीमा ढालेका छन् त्यो श्रृंखलामा यस गीतमा पनि युनिक केसीले निरन्तरता दिएका छन् । पछिल्लो समय युट्यूबमा राम्रो दर्शकहरु रहेको यस गीतको म्यूजिक भिडियो रेडियो र टेलिभिजनमा भने राम्रै बज्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु