युवराजले गल्ती मार्फत भने ‘तेरी आँखो ने मेरी आँखो से’

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७२, बुधबार

नेपाली चलचित्रका लोकप्रिय पाश्र्व गायक युवराज चौंलागाईं गायन क्षेत्रमा युवराजबाट महाराजा हुने दौडमा देखिएका छन् । नेपाली सुगम संगीतमा र पाश्र्वगायनमा उतिकै सफल र व्यस्त बनेका चौंलागाईंलाई २०७२ साल वास्तवमै फापेको देखिन्छ । यसै साल नेपाली चलचित्र ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनौं’ गीतबाट सर्वोत्कृष्ट गायकको विधामा आधा दर्जनभन्दा बढि अवार्ड पाएका चौंलागाईंले पहिलोपटक बलिउडको गायन यात्रा पनि गरेका छन् । यसै साता हिन्दी फिल्म ‘गल्ती’मा युवराजले स्वर दिएर युवराजले पहिलो बलिउड गायन यात्रा शुरु गरेका हुन् । चौंलागाईंले बलिउडका संगीतकार सन्तोष राजको संगीत निर्देशनमा ‘तेरी आ“खो ने मेरी आ“खो से’ शीर्षकको गीत गाएका हुन् । यो गीतमा युवराजलाई बलिउडकै गायिका जमुनाले गायनमा साथ दिएकी छिन् । गीतमा पियुष आर्यको शब्द छ । काठमाडौंका ब्ल्याकपेपर स्टुडियोमा यो गीत रेकर्ड गरिएको हो । मोहन जी महतो तथा सन्तोष विश्वकर्माद्वारा निर्मित यो फिल्मको निर्देशन बि.प्रसाद साहूले गर्नेछन् भने फिल्मको छायांकन नेपालकै जोमसोम क्षेत्रमा गरिने बताइएको छ । एमआरआर ईन्टरटेन्मेन्ट तथा ओम आर्टद्वरा प्रस्तुत गरिएको यो फिल्मलाई जी कम्पनिले वितरण गर्नेछ ।

Yubraj_Chaulagain_hindi
पछिल्लो समयमा चौलागाईंले गाएको चलचित्र ‘क्लासिक’ को ‘हारेँ हारेँ‘’ गीत लोकप्रिय छ । यसअघि गायक चौलागाईंले गाएको चलचित्र ‘छ एकान छ’ को शीर्षक गीत पनि अत्याधिक चर्चित एवं लोकप्रिय बनेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु