योजनाको गुनासो ‘स्वर्गजस्तो देश हाम्रो,भक्त भएन’ (भिडियो पनि)

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७३, बुधबार

सञ्चारकर्मी तथा सुमधुर स्वरकी धनी गायिका योजना पुरीले प्राकृतिक सुन्दरताले हराभरा भएता पनि देश विकासका लागि पहलकदमी नभएको गुनासो व्यक्त गरेकी छिन् । उनि भन्छिन्–‘स्वर्गजस्तो देश हाम्रो, भक्त भएन मधु भक्त भएन’ । वास्तवमै हाम्रो देश स्वर्ग समान सुन्दर छ तथापी देश सपार्न भन्दा बिगार्ने खेल यहाँ विद्यमान छ । यस्तै उनि अझै देशकै चिन्ता गर्दै गुनासो सहित भन्छिन्– ‘बिरताको देश हाम्रो, बिर जन्मेन मधु बिर जन्मेन’ । यो पनि हाम्रो देशको तितो यथार्थ नै हो । बिरताको देश नेपाल भएर विश्वप्रख्यात भएको हाम्रो देशमा अहिलेसम्म देशकै लागि मरिमेट्ने बिर जन्मिएको पनि छैन ।yojama_puriगायिका योजनाले यस्तो यथार्थपरक गुनासो गीत मार्फत गरेकी हुन् । देशप्रेमको भावनाले ओतप्रोत भएको गीत ‘मधु’मा उनले यस्तै यस्तै भावनाहरु व्यक्त गरेकी छिन् । गीतमा ‘मधु’ थेगोको रुपमा प्रयोग गरेर गीत मधुर र सरल बनेको छ । उक्त गितमा शब्द तथा रचना एमपी गिरीको रहेको छ । गितको म्युजिक भिडियो तयार भएको र दर्शक माया पाइरहेको छ । म्युजिक भिडियोको निर्देशन शैलेन्द्र खोकालीले गरेका छन् । यसगितमा अभिनय सुरक्षा पोखरेलको रहेको छ ।

म्युजिक भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु