रणबीर र कट्रिनाको सम्बन्ध- ‘ब्रेकअप’ को कारण कट्रिना दोषी

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०७२, बुधबार

यतिखेर बलिउड नगरीमा अभिनेता रणबीर कपुर र अभिनेत्री कट्रिना कैफको सम्बन्धविच्छेदको खबरले तताइरहेको छ । भारतीय मिडिया राम्रै गसिप बनाइरहेका छन् । गएको शनिबार यी दुईको सम्बन्धमा दरार आएको खबर सार्वजनिक भएसँगै रणवीर–कट्रिना बलिउडमा ‘हटकेक’ बनेका हुन् ।

एक खबरका अनुसार रणवीरले आफ्नो कार्टर रोडस्थित फ्ल्याट छाडेका छन् । हालै मात्र थाइल्याण्डमा नयाँ वर्ष मनाएर फर्केका जोडीको यसरी एक्कासी ‘ब्रेकअप’ को समाचार सार्वजनिक भएपछि धेरैलाई आश्चार्य पनि लागेको छ । के कारण रणवीर–कट्रिनाको ‘ब्रेकअप’ भयो ? यो कौतेहलताको विषय पनि हो ।

रणवीर र कट्रिना फिल्म ‘अजब प्रेम की गजब कहानी’ को सेटबाट नजिकिएका हुन् अर्थात् यसै फिल्मबाट उनीहरु एकअर्कालाई प्रेम गर्न थालेका हुन् । तर, अहिले उनीहरुकै प्रेमकथा गजब कहानी बनेको छ । सन् २००९ मा ‘अजब प्रेम की गजब कहानी’ को सेटबाट सुरु भएको अफेयर अन्ततः २०१६ को सुरुवातमै टुंगिएको समाचार आएको छ । तर, यसबारे अहिलेसम्म दुवैले आफूहरुको ‘ब्रेकअप’ बारे केही बताएका छैनन् ।

Ranbir-Kapoor-Katrina-Kaif

यतिखेर कट्रिना भने फिल्म ‘फितूर’ को प्रचारमा व्यस्त छिन् । उनी यसै साता यो फिल्मको प्रचारका लागि दिल्ली जाँदैछिन् ।तर, मिडियामा भने रणवीर–कटरीनाको ‘ब्रेकअप’ लाई लिएर फरक–फरक धारणा पोखिरहेका छन् । रणवीरका फ्यान ‘ब्रेकअप’ कारण कट्रिनालाई दोषी ठान्छन् । तर, कट्रिनाका फ्यानले पनि रणवीरलाई दोषी देख्छन् ।

कुरा जेसुकै पनि यसका सलमान खान दोषी नबनोस् भन्ने धेरैको धारणा छ । तर, एक समाचारका अनुसार सलमान खान र कट्रिना जब नजिकिए, तब रणवीरको कनसिरी तातेको हो । केही दिन अघिमात्र . कुछ दिनों पहले एक क्याफेमा सलमान र कट्रिना सँगै देखिएका थिए । यसअघि दीपिका पादुकोणसँग पनि रणवीर नजिक रहेको समाचार आएको थियो । मिडियामा रणवीरको नाम दीपिकासँग जोडेर आउन थालेपछि कट्रिना दिक्क हुन थालेकी थिइन् । तर, वास्तविक कारण भने थाहा हुन सकेको छैन । तैपनि रणवीर र कट्रिनाको ‘ब्रेकअप’ हुनका सलमान र दीपिकालाई पनि दोषी बनाउँदै आएका छन् । तर, मिडियाले भने आफूहरुको दोष देखाएका छैनन किनकि कट्रिना र रणवीरलाई जोड्नु र फुटाउनुमा मिडियाको पनि ठूलो हात रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु