रन्जिता र महेन्द्र रात्रीबसको यात्रामा रुँदै ! किन रोए भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७४, शनिबार

माघ २०, काठमाडौं । चर्चित मोडल रन्जिता गुरुङ श्रीमानलाई छाडेर रात्री बसको रुँदै रात्रीबसको यात्रा गर्न बाध्य भएकी छिन् उता त्यही बसमा घरमै छाडेर अर्का मोडल महेन्द्र गौतम पनि घर र श्रीमतीको यादमा रुँदै यात्रा गरेका छन् । यस्तै मार्मिक दृश्य देखाइएको, सुन्दासुन्दै आँशु आउने गीत ‘रुँदै रुँदै तिम्रो शहर’ बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित गायक मेक्सम खाती र गायिका पूर्णकला बि सी को आवाजमा नरेश खातीको यथार्थपरक कारुणिक गीत रुदै रुदै तिम्रो शहर बजारमा आएको छ ।

प्राकृतिक प्रकोप र् गरिबीलाई अत्यन्त दर्दनाक दृष्यमा समाबेश गरिएको यस गीतमा नायक महेन्द्र गौतमले गरिब परिवारको जिम्बेवार छोरा बन्न आफ्नो बुढी आमा अनि ,आफ्नो जिबनसाथीलाई सधै खुसि राख्न ,सँगै बस्ने मन हुदा हुदै पनि केहि घर छोडेर हिडेको र अर्कातिर नायिका रन्जिता गुरुङ्गले भूकम्पमा परि आफ्नो श्रीमान अपाङ्ग भएपछि आफ्नो श्रीमान अनि बालबच्चाको भबिस्यकोको लागि गरेको त्यागलाई अत्यन्त कारुणिक ढंगमा देखाइएको छ ।

नरेश खातीको शब्द कुशल बेल्बासेको थेगोमा तयार भएको यस गीतमा राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन ,प्रकाश भट्टको निर्देशन अनि महेन्द्र गौतम र रन्जिता गुरुङको साथमा हिउँवाला गौतम, नरेश खाती लगायत अन्य कलाकारको जिबन्त अभिनय देख्न सकिन्छ यस गीतलाई गोरक्ष म्युजिक प्रा.लिले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्नुहोस् !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु