रमाको तिज गीत‘चिरिच्याट्ट भई’मा सिर्जनाको छमछमी

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७४, बुधबार

rama-aryal-Srijana-poudel-tij song

साउन ४, काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर गित बजारमा ल्याउने क्रम बढ्दो छ गायक गायिका श्रस्टा   सर्जक हरुलाई यतिबेला भ्याई नभ्याई  छ । यहि भिडमा गायिका रमा अर्यालले ‘चिरी च्याट्ट’ भई बजारमा लिएर आएकी छिन ।

चर्चित संगीतकार दिपक शर्माको शब्द  संगीतमा रहेको उक्त गित गायिका रमा अर्यालको पहिलो तिज सांगीतिक कोशेली हो । यस अगाडी उनले गन्तब्य १ र गन्तब्य २ नामक गीति एल्वम बजारमा ल्याईसकेकी छिन । जुन गीतहरु निकै चर्चित भएका थिए ।”चिरी च्याट्ट भई”भन्ने गीतको म्युजिक भिडियो पनी सार्वजनिक भएको छ । भिडियोमा पछिल्लो समएकी  ब्यस्त तथा चर्चित मोडल सिर्जना स्त्री (पौडेल) ले अभिनय गरेकी छिन ।

थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले गत वर्ष सेल्फी २ मा पनि अभिनय गरेकी थिईन् जुन भिडियो निकै चर्चित बनेको थियो । यो चिरी च्याट्ट भई मा उनको उत्कृस्ट अभिन हेर्न सकिन्छ  ।

भिडियोको निर्देशन चर्चित निर्देशक बिक्रम चौहान ले निर्देशन गरेका हुन् भने छायांकन बासु बरालले गरेका हुन्  ।त्यसै गरि एजेन्ज सुदिप सागरले गरेका छन्टी भने सम्पादन अनुप शिवाकोटीले गरेका छन् ।

यो गित तथा भिडियोलाई कामना डिजिटल प्रा.लि ले बजारमा ल्याएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु